१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राममनोहर यादव सिके राउतका कार्यकर्ता थिए– गृहमन्त्री थापा



अ+ अ-

काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापाले प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादव सिके राउतका कार्यकर्ता रहेको बताएका छन् । उनलाई केही समयअघि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको बाँके भ्रमणका क्रममा कालो झण्डा देखाएका कारण प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनी प्रहरी हिरासदमै मारिएका थिए । तर उनको मृत्यु चोटपटकले नभई रोगले भएको मन्त्री थापाले आज संसदमा जानकारी दिए ।
हिरासतमा रहेका यादव एक्कासी बिरामी भएपछि सुरूमा बर्दिया जिल्ला अस्पताल त्यसपछि भेरी अञ्चल अस्पताल र मेडिकल कलेज कोहलपुरमा लिइएको थापाले बताए ।
‘त्यहाँ उपचार सम्भव नभएपछि स्वास्थ्यकर्मीको टोलीसँगै उनलाई काठमाडौं ल्याइएको थियो, ’ थापाले भन । उनको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै राजपाका सांसदहरुले गृहमन्त्रीलाई प्रश्न गरेपछि मन्त्री थापाको यो जवाफ आएको हो ।