• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

वैयक्तिक गोपनियतासम्बन्धी विधेयक पारित



काठमाडौँ, भदौ ३० गते । प्रतिनिधिसभाको आजको बैठकले विवादास्पद “वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५” लाई बहुमतले पारित गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले गोपनियताको हक व्यक्तिको मानसम्मान र सुरक्षाका लागि आवश्यक भएको बताउनुभयो ।

उहाँले गोपनियताको हक सुरक्षित गर्दा अपराधी नउम्किउन् भन्नेमा पनि सचेततापूर्वक छलफल भएको उल्लेख गर्नुभयो ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मीना पाण्डेले “सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गर्नुभयो । त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले “अनिवार्य तथा निःशुल्क शिक्षाविधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गर्नुभयो ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको “अपराध पीडित संरक्षण, २०७५” र बालबालिकासम्बन्धी विधेयक, २०७५” विधेयक टेबुल गर्नुभएको थियो ।