१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानले एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने



अ+ अ-

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सदियौँदेखि पछि परेका समुदायलाई राज्यको मूल प्रवाहीकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको बताएका छन् ।

संविधान दिवस–२०७५ अवसरमा आज एक शुभकामना दिँदै उनले समाजवाद उन्मुख राष्ट्र निमार्ण गर्ने लक्ष्य लिएको संविधानले नागरिकका राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक हकअधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

वर्तमान संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई एकताबद्ध गर्ने, राष्ट्रिय एकतालाई मजबुत पार्न, राष्ट्रिय अखण्डता कायम गरी समृद्ध राष्ट्र निर्माण गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आह्वान गर्दै अध्यक्ष तिम्सिनाले यस अवसरले हामी सबै नेपालीलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

नेपाली जनताको प्रतिनिधि संस्था संविधानसभाबाट नेपालको संविधान जारी गरेको तीन वर्ष पूरा भएको उल्लेख गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दिएको वर्तमान सरकारले आम नागरिकलाई परिवर्तनको आभाष दिलाउन वर्तमान संविधानको पूर्ण कार्यान्वयन गरिनु आजको पहिलो आवश्यकता भएको बताए ।

अध्यक्ष तिम्सिनाले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व प्रणालीलगायत नवीनतम् अवधारणा समाविष्ट वर्तमान संविधानले लोकतान्त्रिक शासन व्यवस्थाको गहनाका रुपमा रहेको कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, बहुमतको शासन र अल्पमतको रचनात्मक प्रतिपक्ष जस्ता संविधानवादका मूलभूत विशेषताहरुलाई अवलम्बन गरेको बताएका छन् ।