आजको राशिफल
वि.सं. २०७५ साल असोज ६ गते। शनिबार। इश्वी सन् २०१८ सेप्टेम्बर २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ । भाद्र शुक्लपक्ष। तिथि– त्रयोदशी, २८:५६ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– धनिष्ठा, २०:०३ बजेउप्रान्त शतभिषा। योग– धृति, २९:३४ बजेउप्रान्त शूल। करण– कौलव, १६:०२ बजेदेखि तैतिल, २८:५६ बजेउप्रान्त गर। आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– मकर, ६:४९ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ५:५२ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान ३० घडी १७ पला। शनिप्रदोष व्रत। न्हुघया। धनिष्ठा पञ्चक ६:४९ बजे प्रारम्भ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मान सम्मान तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने आर्थिक अवस्था भनेजस्तो हुनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नया जिम्मेवारि प्राप्त हुनेछ भने सफलता पुर्वक जीम्मेवारि सम्पादन गर्न सकिने हुनादे नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो बाताबरणमा दिन बित्नेछ । पढाई लेखाईमा मन जाने हुनाले प्रतिष्पर्धिमा हरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सरकारि क्षेत्रमा तपाईको गतिलो उपश्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अबिश्वास बढ्न सक्छ । पढाई लेखाईमा समय दिन नकस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनि सँग बिवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानि गर्न सकिने भए पनि आम्दानि गर्न केहि समय कुर्नुनै पर्नेछ । पढाई लखोईमा प्रतिष्पर्धिहरुको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथि सँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रज सँग राज बाजिनेछ । सोख तथा बिलाशीताले खर्च बढाउनेछ भने आम्दानि कम हुनेछ । असम्यम् व्यबहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिभिन्न कारणले कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा साझेदारि व्यावसायमा लगानि गर्नेहरुले ध्यान दिनुहोला साझेदार हरुबिच मनमुटाब सिर्जना हुनेछ । व्यावासायिक यात्रा हुने भएपनि बाटोमा दुख पाईने तथा अनाबस्यक ठाउमा खर्च हुनेछ । प्रेममा नचाहादा नचाहादै एक अर्काबिच छुट्टिनु पर्दा मन खिन्न हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानिको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानि गर्न सकिनेछ । काम गर्ने वाताबरण राम्रो बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशि बस्तु उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाईनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनितिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरि मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सुधा भएर जानेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाडाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडि बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पति लाभ हुनेछ । नया नया कामको प्रश्ताब आउनेछ भने सहयोगीहरुले साध दिदा कामहरु समयमानै सम्पन्न हुनेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे, खो,गा,गी) तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नया अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृड भएर जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो, दा) कलात्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनिति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ । व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेकोछ । बिद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुँनाले मनमा नरामाईलो महशुस हुँनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुँने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुँनेछन् ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषि गणेश काफ्ले ।








