१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रिका जफत भएकामा महासंघकाे अापत्ति



अ+ अ-

काठमाडौँ, १० असोज  ः नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभा स्थलबाट ‘प्रकाश’ साप्ताहिक जफत भएको विषयमा आपत्ति जनाएको छ ।

महासङ्घका केन्द्रीय लेखा आयोगका पूर्व संयोजक दीपक पाण्डेको सम्पादनमा प्रकाशित सो साप्ताहिक सभा स्थलबाट प्रहरीले कब्जा गरेको भन्दै शाखाले आपत्ति जनाएको हो । शाखाका अध्यक्ष सन्तराम बिडारीले विज्ञप्ति जारी गरी पत्रिका वितरणमा रोक लगाउनु र जफत गरिनु स्वतन्त्र प्रेस एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा भएको बताउनुभएको छ ।