१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रिका जफत भएकामा महासंघकाे अापत्ति



अ+ अ-

काठमाडौँ, १० असोज  ः नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभा स्थलबाट ‘प्रकाश’ साप्ताहिक जफत भएको विषयमा आपत्ति जनाएको छ ।

महासङ्घका केन्द्रीय लेखा आयोगका पूर्व संयोजक दीपक पाण्डेको सम्पादनमा प्रकाशित सो साप्ताहिक सभा स्थलबाट प्रहरीले कब्जा गरेको भन्दै शाखाले आपत्ति जनाएको हो । शाखाका अध्यक्ष सन्तराम बिडारीले विज्ञप्ति जारी गरी पत्रिका वितरणमा रोक लगाउनु र जफत गरिनु स्वतन्त्र प्रेस एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा भएको बताउनुभएको छ ।