१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारपछि हत्यामा संलग्न पाैडेल सार्वजनिक



अ+ अ-

पोखरा : पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या गर्ने कुसुम पौडललाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ओमबहादुर रानाले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका पौडेलले घटनामा आफू संलग्न रहेको स्वीकार गरेको जानकारी दिनुभयो ।

छानबिन र अनुसन्धानका क्रममा घटनाको जानकारी हुनासाथ प्रहरीले केही घण्टाभित्रै शङ्कास्पद व्यक्ति पक्राउ गरेको बताउँदै उहाँले केरकारका क्रममा पौडेलले हत्या गरेको स्वीकार गरेको उल्लेख गर्नुभयो ।

प्रहरीका अनुसार सोमबार रक्सी र गाँजाले मातेर घर आउँदा पौडेलले बाटोमा श्रीयालाई भेटेपछि शुरुमा चकलेट खाऊ भनी रु पाँच दिए । त्यसपछि पुनः रु १० देखाई प्रलोभनमा पारी जबर्जस्ती गर्न खोजे । श्रीयाले प्रतिकार गर्न खोजेपछि घाँटी थिचे र झाडीतिर फालिदिए । झाडीमा घाँटी थिचेर बलात्कार गरी ढुङ्गाले हानी हत्या गरे । स्थानीयवासीले आज विरोध ¥यालीसहित जिल्ला प्रहरी कार्यालय अघि धर्ना दिँदै हत्यारालाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् ।