६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आजको राशिफल

आजको राशिफल
अ+ अ-

आजको राशिफल
वि.सं. २०७५ साल असोज १४ गते। आइतबार। इश्वी सन् २०१८ सेप्टेम्बर ३० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ । आश्विन कृष्णपक्ष। तिथि– पञ्चमी, ६:०७ बजेदेखि षष्ठी, २८:३० बजेउप्रान्त सप्तमी। नक्षत्र– रोहिणी, २५:३८ बजेउप्रान्त मृगशिरा। योग– सिद्धि, २१:०० बजेउप्रान्त व्यतीपात। करण– तैतिल, ६:०७ बजेदेखि गर, १७:२१ बजेपछि वणिज, २८:३० बजेउप्रान्त भद्रा। आनन्दादिमा धाता योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ५:५६ बजे, सूर्यास्त– १७:५० बजे र दिनमान २९ घडी ४ पला। षष्ठी श्राद्ध। द्विपुष्कर योग २८:३० बजे प्रारम्भ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ भने अध्ययन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउँन सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सामान्य स्वास्थ्य सम्बन्धि समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउँनाले व्याबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ । तापनि विदेश तथा यात्रा सँग सम्बन्धित कामहरु सम्पादन हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खनिज पदार्थ तथा पानि सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । शिक्षा तथा बैक सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) चुनौतिहरुलाई किनारा लगाउँदै कामहरु बनाउँन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यावसाय फस्टाएरु जाने तथा व्याबसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरुले तपाईको काम समयमा गरिदिने हुँनाले समय र रुपैया पैसाको बचत हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानि र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानि हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा समस्या आउँने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ भने समय अनुशार अपडेट नहुदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानि नगर्नुनै राम्रो रहनेछ । पढाई लखाईमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउँनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथि सँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउँने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेकोछ भने व्यापारको शिलशिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा बिलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आत्मबल तथा सम्यम्मता गुमाउदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता आउँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिश्पर्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसाय तथा काम गर्ने बाताबरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा बिशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरि नाम तथा दाम कमाउँन सकिनेछ । नया बिचार दिमागमा आउँने हुनाले प्रबृधिको प्रयोग गरि व्यावहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाईकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउँन अलि बढिनै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्टमित्र सँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । सामाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरु सफलता पुर्वक सम्पन्न हुँनेछन् । दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन । माया प्रेममा नजिक हुन सकिने समय रहेकोछ भने आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषि गणेश काफ्ले ।