२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्महत्या पनि फेसबुकमा लाईभ ?



अ+ अ-

कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेका छन् । तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्ने संकेतको स्टाटस फेसबुकमा राखेका थिए । ‘कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ’, समय पनि लेख्दै निश्चलले फेसबुक स्टाटस अपडेट गरेका थिए । यो खबर नागरिक दैनिकले प्रकाशित गरेको होृ ।

कक्षा १२ मा अध्ययन गर्दा पढाई छाडेका उनी लागुपदार्थको लतमा फसेका थिए । उनी रिहाब सेन्टरबाट फर्किएको एक महिना भएको रआत्महत्या गर्नुअघि उनले सुसाइड नोट लेखेको पाइएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए । ‘अगाडी पछाडी पुरै दुई पेज लेखिएको सुईसाईड नोट भेटिएको छ’ उनले भने ।

तामाङले सुसाइड नोटमा लेखेका छन् ‘मैले जति सुध्रिन खोजे पनि सुध्रिन सकिन, म राम्रो मान्छे बन्न सकिन । यो जुनीलाई यस्तै भो अर्को जुनी यहि आमाको कोखबाट जन्मिन्छु। राम्रो मान्छे भएर जन्मिन्छु ।’ नोटमा आत्महत्या गर्नुको कारण आफै भएको र यसको जिम्मा समेत आफै लिने भनेर लेखिएको ज्ञवालीले बताए । फेसबुकमा लाईभ गरिएको भिडियोमा फोर्थ क्वाटर रक्सी खाँदैछु भनेर उनले भनेका छन्

आत्महत्या गर्नुअघि एक मिनेट २४ सेकेन्डको उनले लाईभ भिडियो समेत प्रस्तुत गरेका थिए। जसमा ‘मैले रक्सी खाँए, यो मेरो आमाको सल हो, यसलाई यसरी लगाउँछु र झुण्डिन्छु’ भनेर भनिएको छ । निश्चल सलको पासोमा झुण्डिरहेको देखेपछि बाबु जीवनले प्रहरीलाई खबर गरेका थिए ।

राती १२ बजेको सेरोफेरोमा सुसाइड गरेको हुनसक्ने अनुमान ज्ञवालीको छ । प्रहरीलाई दुई बजे खबर आएको थियो । प्रहरी पुग्दा पासो काटिसकेको र मृत्यु भईसको उनले बताए । निश्चलले यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए । सामान्य परिवारका उनी ट्याटु बनाउने काम गर्थे ।