८ भाद्र २०८३, सोमबार
,
Latest
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्महत्या पनि फेसबुकमा लाईभ ?



अ+ अ-

कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेका छन् । तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्ने संकेतको स्टाटस फेसबुकमा राखेका थिए । ‘कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ’, समय पनि लेख्दै निश्चलले फेसबुक स्टाटस अपडेट गरेका थिए । यो खबर नागरिक दैनिकले प्रकाशित गरेको होृ ।

कक्षा १२ मा अध्ययन गर्दा पढाई छाडेका उनी लागुपदार्थको लतमा फसेका थिए । उनी रिहाब सेन्टरबाट फर्किएको एक महिना भएको रआत्महत्या गर्नुअघि उनले सुसाइड नोट लेखेको पाइएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए । ‘अगाडी पछाडी पुरै दुई पेज लेखिएको सुईसाईड नोट भेटिएको छ’ उनले भने ।

तामाङले सुसाइड नोटमा लेखेका छन् ‘मैले जति सुध्रिन खोजे पनि सुध्रिन सकिन, म राम्रो मान्छे बन्न सकिन । यो जुनीलाई यस्तै भो अर्को जुनी यहि आमाको कोखबाट जन्मिन्छु। राम्रो मान्छे भएर जन्मिन्छु ।’ नोटमा आत्महत्या गर्नुको कारण आफै भएको र यसको जिम्मा समेत आफै लिने भनेर लेखिएको ज्ञवालीले बताए । फेसबुकमा लाईभ गरिएको भिडियोमा फोर्थ क्वाटर रक्सी खाँदैछु भनेर उनले भनेका छन्

आत्महत्या गर्नुअघि एक मिनेट २४ सेकेन्डको उनले लाईभ भिडियो समेत प्रस्तुत गरेका थिए। जसमा ‘मैले रक्सी खाँए, यो मेरो आमाको सल हो, यसलाई यसरी लगाउँछु र झुण्डिन्छु’ भनेर भनिएको छ । निश्चल सलको पासोमा झुण्डिरहेको देखेपछि बाबु जीवनले प्रहरीलाई खबर गरेका थिए ।

राती १२ बजेको सेरोफेरोमा सुसाइड गरेको हुनसक्ने अनुमान ज्ञवालीको छ । प्रहरीलाई दुई बजे खबर आएको थियो । प्रहरी पुग्दा पासो काटिसकेको र मृत्यु भईसको उनले बताए । निश्चलले यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए । सामान्य परिवारका उनी ट्याटु बनाउने काम गर्थे ।