१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि विवादमा आए कपिल शर्मा, ‘द कश्मीर फाइल्स’को प्रमोशन गर्न अस्वीकार



अ+ अ-

एजेन्सी । करोडौंको मुहारमा मुस्कान ल्याउने कमेडी किंग कपिल शर्मासँग फ्यानहरू आक्रोशित बन्दै ट्विटरमा कपिलको आलोचना गरिरहेका छन् ।

 ‘द कपिल शर्मा शो’ ट्विटरमा निकै ट्रोल भइरहेको छ । मानिसहरूले कपिलको शो बहिष्कार गर्न माग गरिरहेका छन्।

यस्तो छ घटनाक्रम…
विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा छ । फिल्ममा कश्मीरी पण्डितहरुको संघर्ष देखाइएको छ । जब एक फ्यानले विवेक अग्निहोत्रीलाई आफ्नो फिल्म ‘द कपिल शर्मा शो’ मा प्रमोशन गर्नुपर्छ भनी सोध्दा उनले कपिल शर्माको शोमा को को उपस्थित हुने भन्ने निर्णय आफूले नगर्ने जवाफ दिए । त्यसयता यो मामिलाले उग्र रुप लियो ।

विवेक अग्निहोत्रीले फ्यानको कमेन्टको जवाफ दिँदै कपिलको शोमा को जाने भन्ने निर्णय कपिल र निर्माताले गर्ने बताउँदै आफ्नो फिल्ममा कुनै पनि ठूला स्टार नभएकाले प्रमोशन अस्वीकार गरिएको उनले चिन्ता व्यक्त गरे । 

विवेक अग्निहोत्रीको यो दाबीपछि सामाजिक सञ्जालमा कपिल शर्माको चर्को विरोध भइरहेको छ । कमेडियन कपिल शर्मा ट्विटरमा ट्रोल भइरहेका छन् । यति मात्र होइन, प्रयोगकर्ताहरूले शो बहिष्कार गर्न पनि माग गरिरहेका छन्। निकै ऐतिहासिक र महत्वपूर्ण मुद्दा उठाएको यो फिल्मको प्रमोशन नगर्दा केही मानिसहरु आक्रोशित भएका छन् ।