३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि विवादमा आए कपिल शर्मा, ‘द कश्मीर फाइल्स’को प्रमोशन गर्न अस्वीकार



अ+ अ-

एजेन्सी । करोडौंको मुहारमा मुस्कान ल्याउने कमेडी किंग कपिल शर्मासँग फ्यानहरू आक्रोशित बन्दै ट्विटरमा कपिलको आलोचना गरिरहेका छन् ।

 ‘द कपिल शर्मा शो’ ट्विटरमा निकै ट्रोल भइरहेको छ । मानिसहरूले कपिलको शो बहिष्कार गर्न माग गरिरहेका छन्।

यस्तो छ घटनाक्रम…
विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा छ । फिल्ममा कश्मीरी पण्डितहरुको संघर्ष देखाइएको छ । जब एक फ्यानले विवेक अग्निहोत्रीलाई आफ्नो फिल्म ‘द कपिल शर्मा शो’ मा प्रमोशन गर्नुपर्छ भनी सोध्दा उनले कपिल शर्माको शोमा को को उपस्थित हुने भन्ने निर्णय आफूले नगर्ने जवाफ दिए । त्यसयता यो मामिलाले उग्र रुप लियो ।

विवेक अग्निहोत्रीले फ्यानको कमेन्टको जवाफ दिँदै कपिलको शोमा को जाने भन्ने निर्णय कपिल र निर्माताले गर्ने बताउँदै आफ्नो फिल्ममा कुनै पनि ठूला स्टार नभएकाले प्रमोशन अस्वीकार गरिएको उनले चिन्ता व्यक्त गरे । 

विवेक अग्निहोत्रीको यो दाबीपछि सामाजिक सञ्जालमा कपिल शर्माको चर्को विरोध भइरहेको छ । कमेडियन कपिल शर्मा ट्विटरमा ट्रोल भइरहेका छन् । यति मात्र होइन, प्रयोगकर्ताहरूले शो बहिष्कार गर्न पनि माग गरिरहेका छन्। निकै ऐतिहासिक र महत्वपूर्ण मुद्दा उठाएको यो फिल्मको प्रमोशन नगर्दा केही मानिसहरु आक्रोशित भएका छन् ।