२३ पुष २०८१, मंगलवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो, जवाफ दिँदै ओली भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्‍यो सगरमाथा क्षेत्र शासकीय जिम्मेवारी लिनेहरु संघीयताप्रति उदार बन्न सकेनन्ः महामन्त्री थापा बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति चीन भूकम्प अपडेटः मृतकको संख्या ९५ पुग्यो, १३० जना घाइते सरकारले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्छः निजी क्षेत्र भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो माओवादी पदाधिकारी बैठक बस्दै खेलकुदमन्त्रीको गुनासोः खेलकुद संघहरुले देशको ऐन, कानून मानेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको कर्णाली ‘शङ्खरापुर’



अ+ अ-

आदित्य दाहाल

साँखु १९ असोज (रासस) ः नेपालको कर्णाली भन्ने बित्तिकै विकासका पूर्वाधार र सेवा सुविधाको अभाव भएको राजधानीबाट निकै टाढाको क्षेत्र भन्ने बुझिन्छ तर काठमाडौँको शङ्खपरापुर नगरपालिकाका प्रायः सबै बस्ती सेवा सुविधाको हिसाबले कर्णालीभन्दा कम छैनन् ।

राजधानीबाट नजिकै रहेको उक्त नगरपालिकाको वडा नं १ केराघारी सेवा र सुविधा अभावको एउटा उदाहरण हो । तामाङ बस्तीको बाहुल्य रहेको यस क्षेत्रमा सडक पुगे पनि अहिलेसम्म सवारी साधान भने सञ्चालन हुन सकेको छैन । गाडी चढ्नका लागि एक घण्टा उकालो हिँडेर छाप भन्ज्याङसम्म आउनुपर्ने बाध्यता रहेको स्थानीयवासी सूर्य मोक्तान बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “काठमाडाँै जिल्ला भनेपछि सेवा सुविधाको कुनै अभाव नहोला भन्ने लाग्ला तर हामीले सजिलै यातायातको पहुँच, नजिकै विद्यालय र स्वास्थ्य चौकी भएको कहिल्यै महसुस गर्न पाएनौँ ।”

उक्त नगरपालिकाको वडा नं २ पटापमा पनि उस्तै समस्या छ । यातायात असुविधाका कारण यहाँका विद्यार्थीलाई उच्च शिक्षाका लागि डेढ घण्टा हिँडेर जहरसिंहपौवासम्म पुग्नुपर्ने बाध्यता छ भने बिरामी पर्दा उपचारका लागि गाउँमा एम्बुलेन्ससमेत नपुग्नाले कतिपय बिरामीको त अस्पताल ल्याइ नपु¥याउँदै बाटोमै मृत्यु हुने गरेको स्थानीयवासी वीरेन गुरुङ बताउनुहुन्छ ।

सोही नगरपालिकाको वडा नं ३ घट्टेकुलो पनि सेवा र सुविधाको दृष्टिले पछि परेको गाउँ हो । उक्त ठाउँबाट करीब एक घण्टा पैदल हिँडेपछि मात्रै यातायाताको सुविधा उपभोग गर्न पाइन्छ । घट्टेकुलोमा सडकको दुरवस्थाका कारण एम्बुलेन्स समेत जान सक्दैन । टोलमा कोही बिमारी हुदाँ बिरामीलाई बोकेरै जहरसिंहपौवा ल्याउनुपर्ने अवस्था रहेको स्थानीयवासीको गुनासो छ । सडक पुगे पनि सानो र कच्ची सडकका कारण सवारी साधन चल्न नसकेकाले घट्टेकुलोसम्म यातायात चलाउनका लागि सडक बढाउने र मर्मत गरिने लक्ष्य रहेको वडाध्यक्ष सन्तबहादुर वाइवा बताउनुहुन्छ ।

प्राकृतिक सुन्दरताले रमणीय रहेको काठमाडौँ जहरसिंहपौवासम्म पुग्नका लागि पनि निकै कठिन छ । सडकको हिलो र धुलोका कारण समयमा पुग्न सकिँदैन । सहज र सजिलै यात्रा स्थानीयवासीका लागि कल्पना मात्र हुने गरेको छ ।अहिले साँखुसम्म पुग्नका लागि सडकको दुरवस्थाका कारण कर्णलीको विकट गाउँ गएजस्तो समस्या झेल्नुपर्ने यात्रु महेश पुडासैनी बताउनुहुन्छ । सडकभरि खाल्डै खाल्डा छन् समयमा नपुगे पनि सकुशल पुग्न पाए भाग्य ठानिने गरेको पुडासैनीको भनाइ छ । दिनहुँ कहिले गाडी त कहिले मोटरसाइकल खाल्डोमा परेर दुर्घटना हुने गरेको सर्वसाधरण बताउँछन् ।

साँखुबाट केही माथि उक्लिने बित्तिकै काठमाडौँको कर्णाली भनेर चिनिने छाप भञ्याङका, घुमारचोक, लप्सेफेदी र नाङलेभारेमा अघिपछि चल्ने बस बर्खाको समयमा बन्द हुन्छ । विद्यार्थीलाई विद्यालय पुग्न एक घण्टा उकालो चढ्नु पर्छ । स्थानीयवासी रमा तामाङ भन्नुुहन्छ, “चापकोबोटमा विद्यालय छ, माध्यामिक तहको कक्षाका लागि एक घण्टा ठाडो उकालो हिँड्नुपर्छ, काठमाडौँ भनेर मात्रै के गर्नु सेवा र सुविधाको हिसाबले त यो कर्णाली भन्दा विकट छ ।”

यातायातको असुविधा मात्र होइन, गाउँमा खानेपानीको पनि अभाव छ , खानेपानीका धारा पुग्न घरबाट आधा घण्टा तल झर्नुपर्छ, त्यहाँ पनि कहिले हप्ता दिन त कहिले एक महीनासम्म पानी आउँदैन ।गाउँमा सडकको अवस्थाले एम्बुलेन्ससमेत आउँदैन बिरामी पर्दा बोकेर लैजानुपर्ने अवस्था छ । बालबालिका पढ्न जान पनि पौने घण्टा उकालो हिँड्नुपर्ने हुन्छ । कतिपय बालबालिका त हिँड्न पर्ने भएकाले विद्यालय जान मान्दैनन् भन्नुहुन्छ सोही ठाउँ निवासी बीरबहादुर तामाङ ।

उक्त नगरपालिकाको यी बस्तीमा सडक, स्वास्थ्यचौकी, खानेपानी र विद्यालयको मात्रैको सुविधा भएमा निकै सहज हुन्छ तर लामो समयदेखि निकै दुःख झेल्दै आइरहेका हामीहरूलाई काठमाडौँ कै बासिन्दा हौँ भन्न पनि हिनताबोध हुने वडा नं १ का सूर्य मोक्तान बताउनुहुन्छ ।यस विकट क्षेत्रमा सरकारले समयमै ध्यान पु¥याउन र विद्यामान समस्या समाधान यहाँका बासिन्दाले माग गर्दै आएका छन्।