• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

‘अनधिकृत कारोबार नगर्न अनुरोध’



काठमाडाँै, २० असोज (रासस) ः क्वालालम्पुरस्थित नेपाली दूतावासले अवैधानिक रुपमा मलेशियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना बढेको भन्दै अवैधानिक व्यक्तिसँग कारोबार नगर्न अनुरोध गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने अनुमति कसैलाई पनि नदिएको प्रष्ट पारेको छ । नाल्बू–१ ताप्लेजुङ घर भई हाल मलेशिया बस्ने फुपु तेम्बा शेर्पाले अवैधानिक रुपमा बसोवास गर्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाइदिने भन्दै ठगी गर्दै आएको दूतावासले जनाएको छ । दूतावासले निज शेर्पाविरुद्ध नेपाल तथा मलेशियाका सम्बन्धित निकायमा आवश्यक अनुसन्धान र कारवाहीका लागि पत्राचारसमेत गरेको छ ।

अनधिकृत लेनदेनका कारण ठगीलगायत अन्य अपराधमा परी उजुरी गर्र्नुपर्ने भएमा मलेशियाको प्रहरी र अदालत तथा नेपाल प्रहरी र अदालतमा पीडित आफैँले उजुरी गर्नसक्ने दूतावासले जनाएको छ ।

दूतावासले प्रवेशाज्ञाको म्याद सकिएर वा अन्य कारणले अवैधानिक रुपमा बसोवास गरिरहेका नेपालीलाई वैधानिक बाटोबाट तत्काल नेपाल फर्कनसमेत आग्रह गरेको छ । वैधानिक रुपमा नेपाल फर्कन मलेशिया सरकारले बेलाबेलामा घोषणा गर्ने आममाफीको कार्यक्रमबाट फाइदा लिन सकिने दोहो¥याउँदै दूतावासले तत्कालका लागि आममाफीको व्यवस्था नभएको सन्दर्भमा मलेशियाको अध्यागमन कार्यालयमा तोकिएको दण्ड जरिवाना तिरी वैधानिक रुपमा नेपाल फर्कन सक्ने जनाएको छ ।

दूतावासले नेपालबाट जुन कम्पनीमा काम गर्न भनी आफैँले सम्झौतापत्रमा हस्ताक्षर गरी आएको हो सो कम्पनीको सम्झौता अवधि नसकी आफू खुशी नभाग्नसमेत अपिल गरेको छ । रोजगारदाताप्रति कुनै गुनासो भए दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।