२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दलको बैठकमा राजधानीको विषय प्रवेश



अ+ अ-

हेटौँडा, २१ असोज (रासस) – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नं ३ संसदीय दलको बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश पाएको छ ।

उक्त दलको मुख्यमन्त्री निवासमा आज बसेको बैठकमा सो प्रस्तावबारे छलफल भएको दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले अब सांसदमा पनि प्राथमिकता पाउने बताउनुभयो ।

उहाँले यो विषयमा अहिले सबैको चासो भएकाले छिटै प्राथमिकतामा राखिने धारणा व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयो, “सबै सांसदहरु तथा प्रदेश नं ३ का जनता स्थायी राजधानीको विषय चाँडो टुङ्गोमा पुगोस् भन्नेमा छन्, यो विषयले आज या भोलि सांसदमा प्रवेश पाउनेछ ।”

बैठकमा नेकपा ३ नं प्रदेश संसदीय दलको विधानको स्वीकृति, संसदीय दलका सभापतिको प्रतिवेदन, मन्त्रीद्वारा मन्त्रालयको प्रगति प्रतिवेदन पेश गर्ने तथा पार्टीको लेबी विषयमा समेत छलफल हुने कार्यक्रमसमेत रहेको सांसद मुनु सिग्देलले जानकारी दिनुभयो ।