२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक बस्दै



अ+ अ-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक अहिले बिहान बस्ने भएको छ ।

आइतबार अपराह्नका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण स्थगित भएपछि सोमबार बिहानका लागि तय भएको हो ।

अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्षद्वयको कार्यव्यस्ताका कारण आजका लागि निर्धारित सचिवालयको बहुप्रतिक्षित बैठक अहिले बस्न लागेको जानकारी दिए ।

बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । बैठकले एकता प्रक्रियालाई थप सार्थक बनाई सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने विश्वास लिइएको छ । केही दिन पहिले बसेको सचिवालयको बैठकले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तय गरेको थियो ।

नेकपाका प्रदेश समितिले जिल्ला तहमा पार्टी संयन्त्रलाई सक्रिय बनाउन र एकताको वातावरण बनाउन आवश्यक निर्देशनसमेत दिइसकेको छ ।