३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

वैज्ञानिकहरुले तयार पारे साङ्लाको पाउरोटी, किन बढ्दैछन् किराको परिकार ?

वैज्ञानिकहरुले तयार पारे साङ्लाको पाउरोटी, किन बढ्दैछन् किराको परिकार ?
अ+ अ-

दुनियाँमा खानेकुराको अभावमा धेरै मानिसहरु भोकमरीमा परिरहेका छन् । खाद्यान्न उत्पादनमा आइरहेको कमी तथा जनसंख्यामा भैरहेको बढोत्तरीका कारण यो समस्या झनै चर्किँदो छ । राष्ट्रसंघको एक तथ्यांक अनुसार सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अर्ब ७० करोड पुग्नेछ । यतिधेरै मानिसका लागि खानेकुरा कहाँबाट पुर्याउने ?

यो प्रश्नको उत्तर ब्राजिलका वैज्ञानिकहरुले खोजेका छन् । भविष्यमा खाद्यान्न अभावका साथै जिव प्रोटिनको भरपूर उपयोग गरी पौष्टिक खानेकुरा उत्पादनको दिशामा उनीहरुको कदम निकै क्रान्तिकारी सावित हुने पक्का छ ।

हो, ब्राजिली शोधकर्ताहरुले साङ्लाबाट तयार पारिएको पाउरोटी उत्पादन गरेका छन् ।

उत्तरी अफ्रिकामा पाइने लोकस्ट कक्रोच भनिने विशेष प्रजातिको साङ्लाबाट वैज्ञानिकहरुले उच्च प्रोटिनयुक्त ब्रेड तयार गरेका हुन् ।

यो साङ्लाको वृद्धि छिटो हुनुका साथै प्रजननदर पनि उच्च हुन्छ ।

यो साङ्ला प्रोटिनका लागि रेड मिटभन्दा पनि राम्रो श्रोत रहेको बताइउको छ । रेड मिटमा ५० प्रतिशत प्रोटिनको हिस्सा हुनेमा यो साङ्लामा ७० प्रतिशत हिस्सा प्रोटिन हुन्छ ।

दक्षिणी ब्राजिलको फेडेरल युनिभर्सिटी अफ रियो ग्रान्डमा फूड इन्जिनियर रहेकी आन्द्रिसा जेन्टजेन भन्छिन्, ‘वातावरणसँग तालमेल मिलाउन तथा लाखौँ वर्षसम्म क्रमविकास गरी अस्तित्वमा रहनका लागि साङ्लाले केही न केही गुण अवश्य विकास गरेको हुनुपर्दछ ।’

फूड इन्जिनियर लरेन मेनेगनसँग मिलेर जेन्टजेनले साङ्लाहरु संकलन गरी सुख्खा बनाएर त्यसलाई पिँधेर पिठो तयार गरे । उक्त साङ्लाको पिठोको मूल्य प्रतिकिलो ५१ अमेरिकी डलर थियो ।

ब्रेड तयार पार्नका लागि गहुँको साधारण पिठोमा उक्त साङ्लाको पिठो १० प्रतिशत मिसाइयो । थोरै मात्रामा साङ्लाको पिठो मिलाउँदा गहुँको ब्रेडमा प्रोटिनको मात्रा १ सय ३३ प्रतिशतले बढेको पाइयो ।

घरमा तयार पारिने साधारण ब्रेडले ९.७ ग्राम प्रोटिन दिन्छ भने त्यसको तुलनामा साङ्लाको ब्रेडले २२.६ ग्राम प्रोटिन ।

साथै ब्रेडमा फ्याटको मात्रालाई ६८ प्रतिशतले घटाउन पनि शोधकर्ताहरु सफल भए । स्वादको हकमा  साधारण पिठोको ब्रेडको स्वादभन्दा फरक केही थिएन ।

पोषण विज्ञ प्राध्यापक इनो भियराका अनुसार साङ्ला मात्र होइन पुतली, कमिला, रेशम किरा, अरिङ्गाल, बारुला तथा विच्छीबाट पनि मानिसको खानेकुरा तयार पार्न सकिन्छ ।

उनका अनुसार यस्ता किट पतंगलाई हाम्रो खानामा समावेश गर्न सकिएमा जनसंख्या वृद्धिसँगै परम्परागत खाद्यश्रोतमा परेको चाप पनि कम हुनेछ ।

उनका अनुसार एक किलो मासु उत्पादनका लागि २ सय ५० वर्गमिटर जमिनको आवश्यकता पर्दछ । जबकि यहीँ मात्रामा किराहरु उत्पादनका लागि जम्मा ३० वर्गमिटर जमीन पर्याप्त हुन्छ । यतिमात्र होइन, पर्यावरण सुरक्षाका लागि पनि यो सहयोगी हुनछ । एक किलो मासु उत्पादनका लागि २० हजार लिटर पानीको उपयोग हुन्छ भने त्यति नै परिमाणमा किरा उत्पादनका लागि जम्मा एक हजार लिटर पानी भए पुग्छ ।

विस्तारै मन पराइँदैछ किराको भोजन

मानिसहरुमा आफ्नो खानेकुरामा किराहरु समावेश गर्ने क्रम बढेको छ । राष्ट्रसंघको एक रिपोर्ट अनुसार विश्वमा दुई अर्ब मानिसहरुले आफ्नो खानामा किराहरु समावेश गर्दछन् ।

लरेन मेनेगन र जेन्टजेन साङ्लाबाट बनेको केकसँगै किराबाटै बनेको हेल्थबार र तेल पनि उत्पादन गर्ने काम गरिरहेका छन् ।

यद्यपि, साङ्लाको ब्रेड अझैसम्म ब्राजिलका पसलहरुमा पुग्न पाएको छैन । खाद्य सुरक्षा अधिकारीहरुले ब्राजिलमा किराका परिकारहरु खाने इजाजत प्रदान गर्दैनन् । मानिसले नखाएपनि विभिन्न घरपालुवा जनावरहरुलाई चाहीँ यस्तो ब्रेड अवश्य खुवाउन सकिन्छ ।

उता बेलायत तथा स्पेन जस्ता देशहरुले चाहीँ किराबाट तयार गरिएका खाद्यपदार्थलाई बढावा दिइरहेका छन् । स्पेनको करेफोर सुपरमार्केट झिँगेमाछा, लार्भा तथा अन्य किराहरुबाट तयार पारिएका खानेकुरा पाइने ठाउँको रुपमा चर्चित छ । बेलायतमा पनि तारिएका फट्याङ्ग्रा तथा किराहरु बिक्री गरिन्छ ।

अमेरिकी शोध कम्पनी ग्लोबल मार्केट इनसाइटका अनुसार आउँदो पाँच वर्षमा किराहरुबाट तयार पारिएका खानेकुराको बजार ७० करोड अमेरिक डिलरसम्म पुग्नेछ ।