६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड स्टार बेन्जिमा ‘सेक्स टेप ब्ल्याकमेल’ प्रकरणमा दोषी ठहरिए



अ+ अ-

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा ‘सेक्स टेप ब्ल्याकमेल’ प्रकरण दोषी ठहर भएका छन् । 

३३ वर्षीय फ्रेन्च स्टाइकर बेन्जिमा सहकर्मीको भिडियो खिचेर धम्क्याएको अभियोगमा उनी दोषी ठहर भएका हुन् ।

फ्रान्सको एक अदालतले उनलाई एक वर्षको सस्पेन्डेड जेल सजाय पनि सुनाएको छ । 

यो सजायमा जेलमा बस्नु भने नपर्ने भएपनि अदातलले तोकेको विभिन्न नियम भने पालना गर्नुपर्ने बताइएको छ ।

बेन्जिमालाई ७५ हजार युरो पनि जरिवाना गरिएको छ। अहिले उनी च्याम्पियन्स लिगको खेलअघि रियल मड्रिडको अभ्यासमा छन् ।

सन् २०१५ को जुनमा फ्रेन्च फुटबलर म्याथ्यु भाल्बुआनाको सेक्स भिडियो खिचेर ब्ल्याकमेल गरिएकोमा बेन्जिमाले पैसा दिन प्रोत्साहन गरेको अभियोग लागेको थियो ।

राष्ट्रिय टिमको अभ्यासमा रहेको बेला यो घटना भएको थियो। त्यसपछि उनी राष्ट्रिय टिमबाट समेत हट्नुपरेको थियो ।