३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू त पूरै गल्नुभएछ, ओली सरकार दुई वर्ष टिक्दैन- राजपा



अ+ अ-

२३ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने सुन्नासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले सो पार्टीका शीर्षनेतालाई सोमबार साँझ बालुवाटार बोलाएका थिए । प्रधानमन्त्रीसँग डेढ/दुई घण्टा बिताएर फर्केका एक नेताले अनलाइनखबरसँग भने– प्रधानमन्त्रीज्यू त पूरै गल्नुभएछ, यो पाराले ओली सरकार दुई वर्ष टिक्दैन जस्तो लाग्यो ।

सरकारले आफ्ना मागहरु पूरा नगरेको गुनासो बोकेर प्रधानमन्त्रीलाई भेट्न राजपाका शीर्षनेताहरु महन्थ ठाकुरको नेतृत्वमा बालुवाटार पुगेका थिए । तर, ‘आफैं त महादेव कसले देला बर’ भनेजस्तो उल्टै प्रधानमन्त्रीले पो घण्टौंसम्म राजपा नेताहरुसँग गुनासोको पोको फुकाए ।

दुईतिहाई बहुमतसहितको शक्तिशाली भनिएको सरकारका प्रधानमन्त्री ओलीले आफूलाई काम गर्ने वातावरण नभएको गुनासो मधेसी नेताहरुसित पोखेको राजपा नेताको भनाइ छ ।

गुण्डा वा कुनै अपराधीलाई समात्यो भने न्यायालयले छाडिदिने गरेको प्रधानमन्त्री ओलीले राजपा नेताहरुसँग गुनासो पोखेका थिए । बलात्कार र हिंसाका घटना नरोकिएकोतर्फ राजपा नेताहरुले ध्यानाकर्षण गराउँदा गृह प्रशासनबाट आफूलाई सहयोग नभएको र प्रभावकारी काम हुन नसकेको गुनासो प्रधानमन्त्रीले पोखेका थिए ।

प्रधानमन्त्रीलार्इ भेटेर फर्केका राजपाका एक नेताले अनलाइनखबरसँग भने– ‘केपी ओलीमा पहिलेजस्तो कुनै दम्भ देखिएन । उहाँ पूरै गल्नुभएको र निराश अवस्थामा पुगेको हामीले पायौं । तपाईले ६ महिनामा केही काम गर्न सक्नुभएन भनेर आलोचना गर्दा पनि उहाँले प्रतिवाद नगरी सुन्नुमात्रै भयो । उहाँमा जोश उत्साह केही थिएन ।’

प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै राजपा नेताले भने– मैले काम गर्न खोजेको हुँ, तर कसैले साथ दिएन । देशको विकास गर्न चाहेको हुँ, गर्न सकिरहेको छैन ।’