११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इएह छी हमर जनकपुर’ भिडियो सार्वजनिक



अ+ अ-

जनकपुरधाम: बहुचर्चित मैथिली गीत ‘इएह छी हमर जनकपुर’ भिडियोको आज यहाँ सार्वजनिक गरिएको छ ।

जनकपुरधामको सामाजिक, सांस्कृतिक र धार्मिक पक्ष समेटिएको इएह छी हमर जनकपुर (यही हो हाम्रो जनकपुर) गीतलाई जनकपुरको पहिचान मानिएको छ ।

प्रदेश नं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा नवरस प्रालिद्वारा सो भिडियो तयार गरिएको हो ।

सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले जनकपुरधामको विशिष्टतालाई संसारभर पु¥याउन भिडियो सहायक हुने विश्वास व्यक्त गर्नुभयो । जनकपुरधामको महिमालाई मण्डित गराउन सबै पक्षको अग्रसरतामा जोड दिँदै उहाँले जनकपुरधामप्रति हुने गरेको नकारात्मक टिप्पणी, संशयको अन्त्य हुनु जरूरी भएको धारणा व्यक्त गर्नुभयो ।

सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले जनकपुरधामको इतिहास गौरवशाली रहेको तथ्यलाई भिडियोले प्रमाणित गरेको छ भन्नुभयो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले ‘इएह छी हमर गीत’ले ऊर्जा प्रदान र मन हर्षित हुने गरेको बताउनुभयो ।

साहित्यकार रामभरोस कापडिले गीतले समाज र संस्कृतिलाई झल्काउनमा सफल भएको बताउनुभयो । नवरसका अध्यक्ष सुनिल मल्लिकले इएह छी हमर गीतमा जनकपुरधामको विशिष्टता र मनोभावलाई प्रस्तुत गरिएको धारणा राख्नुभयो ।