२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इएह छी हमर जनकपुर’ भिडियो सार्वजनिक



अ+ अ-

जनकपुरधाम: बहुचर्चित मैथिली गीत ‘इएह छी हमर जनकपुर’ भिडियोको आज यहाँ सार्वजनिक गरिएको छ ।

जनकपुरधामको सामाजिक, सांस्कृतिक र धार्मिक पक्ष समेटिएको इएह छी हमर जनकपुर (यही हो हाम्रो जनकपुर) गीतलाई जनकपुरको पहिचान मानिएको छ ।

प्रदेश नं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा नवरस प्रालिद्वारा सो भिडियो तयार गरिएको हो ।

सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले जनकपुरधामको विशिष्टतालाई संसारभर पु¥याउन भिडियो सहायक हुने विश्वास व्यक्त गर्नुभयो । जनकपुरधामको महिमालाई मण्डित गराउन सबै पक्षको अग्रसरतामा जोड दिँदै उहाँले जनकपुरधामप्रति हुने गरेको नकारात्मक टिप्पणी, संशयको अन्त्य हुनु जरूरी भएको धारणा व्यक्त गर्नुभयो ।

सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले जनकपुरधामको इतिहास गौरवशाली रहेको तथ्यलाई भिडियोले प्रमाणित गरेको छ भन्नुभयो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले ‘इएह छी हमर गीत’ले ऊर्जा प्रदान र मन हर्षित हुने गरेको बताउनुभयो ।

साहित्यकार रामभरोस कापडिले गीतले समाज र संस्कृतिलाई झल्काउनमा सफल भएको बताउनुभयो । नवरसका अध्यक्ष सुनिल मल्लिकले इएह छी हमर गीतमा जनकपुरधामको विशिष्टता र मनोभावलाई प्रस्तुत गरिएको धारणा राख्नुभयो ।