• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल

क्लियरिङ हाउसले बीस प्रतिशत लाभांश दिने



काठमाडौँ : नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीको आज सम्पन्न सातौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४-७५ मा गरेको नाफाका आधारमा उक्त बोनस दिने निर्णय गरेको हो ।

कम्पनीले सो आवमा रु १८ करोड १६ लाख नाफा गरेको आज यहाँ आयोजित साधारणसभामा जानकारी दिइयो । कम्पनीको चुक्ता पूँजी रु १८ करोड रहेको छ । बोनस शेयर पारित भएपछि चुक्ता पूँजी बढेर रु २१ करोड ६० लाख पुगेको छ ।

कम्पनीले आव २०७४-७५ मा ९६ लाख ८६ हजार चेकमार्फत् रु २६ अर्ब ६० करोड बराबरको राफसाफ गरेको छ । कम्पनीले विभिन्न ८० वटा बैंक तथा वित्तीय संस्थाको चार हजार ८० वटा शाखाबाट खिचिएका चेक राफसाफ गरेको जनाएको छ ।

कम्पनीमा केन्द्रीय बैंकको दश प्रतिशत, बैंक तथा वित्तीय संस्थाको ८० प्रतिशत र एक निजी कम्पनीको दश प्रतिशत शेयर स्वामित्व रहेको छ ।