१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा बालिकाको बलात्कारपछि हत्या



अ+ अ-

२७ असोज, जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मुनिषाकुमारी यादव शुक्रबार साँझ हराएकी थिइन् । आमाबुबाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही-२ का रामआशिष साहको धानखेतबाट शव भेटिएको प्रहरीले जनाएको छ ।अनुसन्धानका क्रममा औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखियाले पैसा दिएर फकाएको सूचना आयो । त्यसआधारमा उनलाई पक्राउ गरियो ।उनको बयानका औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित पनि पक्राउ परेका छन् ।दुबैले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।