१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका नेता चक्र बाँस्तोलाको स्वास्थ्य अवस्था चिन्ताजनक



अ+ अ-

काठमाडौं( नेपाली कांग्रेसका नेता चक्र बाँस्तोलाको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ।

६ वर्षदेखि अचेत रहेका बाँस्तोलालार्इ चिकित्सकले शनिबार अपरान्ह तीन बजे घर फर्काइदिएका थिए। स्वास्थ्य अवस्था गम्भीर बनेपछि शुक्रबार उनलाई बाँसबारीस्थित न्युरो अस्पताल पुर्याइएको थियो। चिकित्सकको सल्लाहपछि शनिबार खुमलटारस्थित निवास फर्काइएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने बाँस्तोलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जानकारी दिए।

बाँस्तोलाको अवस्थाबारे बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइरालालगायत नेता,कार्यकर्ता बाँस्तोलाको निवासमा पुृगेका थिए । महामन्त्री कोइरालाले उनको स्वास्थ्य अवस्था पहिलेभन्दा चिन्ताजनक रहेको जानकारी दिए।

बाँस्तोलाको स्वासप्रस्वास सञ्चालनमै छ। तर, शरीरका अंगहरू सक्रिय सञ्चालनमा छैनन्। यस्तो अवस्था यसअघि पनि देखिएको परिवारजनले बताएका छन् । यसअघि अक्सिजन दिइएकामा अहिले निकालिएको छ।

६ वर्षअघि मोरङमा आयोजित एक भेलालाई सम्बोधन गर्दा उनी लडेका थिए। बाँस्तोलालाई मस्तिष्कघात भएको थियो। त्यतिबेलैदेखि उनी अर्धचेत अवस्थामा थिए।

तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसका तर्फबाट बाँस्तोलाले निर्वाह गरेको भूमिकाको स्मरण गर्ने गरिएको छ। कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र रहेका उनी कांग्रेसका पुराना नेता हुन्। र, भारतका लागि नेपाली पूर्वराजदूत पनि हुन्।

नेता बाँस्तोलालाई अघिल्लो महिना मात्रै प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिएवापत बीपी कोइराला स्मृति ट्रस्टले यस वर्षको सेनानी सम्मान प्रदान गरेको थियो।