२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको पेन्सिलभेनियामा गोली प्रहार, ११ को मृत्यु



अ+ अ-
 

११ कात्तिक, काठमाडौं । अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा बन्दुक आक्रमण भएको हो । अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले लेखेको छ ।

आक्रमणकारी ४६ वर्षीय रोबर्ट बोवर्स नामक व्यक्ति रहेको बताइएको छ । तर उनले किन गोली चलाए भन्ने खुलेको छैन ।

यहुदीहरुको प्रार्थना चलिरहेको बेला गोली चलेको थियो । रिपोर्टहरुका अनुसार यहुदीहरुको पवित्र पूजास्थल ट्री अफ लाइफ सिनगोंगमा एकजना गोरो वर्णको व्यक्ति असाल्ट राइफल र दुईवटा पेस्तोलसहित प्रवेश गरेका थिए र गोली चलाएका थिए ।

यसअघि स्थानीय प्रशासनले विलकिंग्स र शेडी इलाकामा एक शुटर सक्रिय रहेको भन्दै उक्त स्थानमा नजान सूचित गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्वीट गरेर उक्त स्थानका बासिन्दालाई सजग रहन आह्वान गरेका थिए ।