९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक लगानी काेषमा १५ प्रतिशत अायकर, सेवाग्राही मार्कामा



अ+ अ-

काठमाडाैं । नागरिक लगानी काेषमा रकम संचय गर्ने कर्मचारीमाथि करकाे नयाँ दरले हल्लीखल्ली भएकाे छ । काेषले चालू अार्थिक वर्षकाे साउनदेखि संचित रकममा १५ प्रतिशत अायकर लिन थालेकाे छ । यसअघि अायकर बापत ५ प्रतिशत लिने गरिएकाे थियाे ।

द राइजिङ नेपालमा प्रकाशित समाचार अनुसार काेषका प्रवक्ता सुशील कुमार अर्यालले अान्तरिक राजश्व विभागकाे परिपत्र अनुसार साउनदेखि नै संचित रकममा १५ प्रतिशत अायकर लिन थालिएकाे जानकारी दिनुभयाे ।

याे व्यवस्थाले नागरिक लगानी काेषमा रकम जम्मा गर्ने अाम संचयकर्तालाइ असमन्जसमा पारेकाे छ । काेषमा तलबकाे ३३ प्रतिशतसम्म जम्मा गर्ने प्रावधान थियाे । यस्ताे संचित रकममा कर नलाग्ने भएका कारण कर्मचारी काेषप्रति अाकर्षित भएका थिए ।

उदाहरणका लागि, काेषमा १० लाख रूपैंया जम्मा भएकाे खण्डमा १ लाख ५० हजार कर तिर्नुपर्ने भएकाे छ । कर्मचारीले अवकाश हुँदा ८ लाख ५० हजार मात्र फिर्ता पाउनेछन् ।

गत वर्ष नै ५ प्रतिशत कर लिने प्रावधान राखिएपछि धेरै कर्मचारीले काेषकट्टी गर्न छाडेका थिए भने कतिपयले खाता बन्द गरेका थिए । याे नयाँ प्रावधानले सबै संचयकर्तामाथि नैतिक प्रश्न खडा गरेकाे काेषमा रकम जम्मा गर्ने यसाेदा भट्टराइले बताउनुभयाे ।

अर्का बचतकर्ता देवी प्याकुरेलले नेपाल सरकारकाे नीतिमै खाेट रहेकाे बताउनुभयाे । उहाँले काेषमा जम्मा गरेकाे रकममा कर लाग्दैन, अायकर तिर्नु पर्दैन भनेर काेषमा खाता खाेलेर रकम जम्मा गरेकाे तर अहिले कर लिन्छु भन्नु सरासर अन्याय हाे भन्नुभयाे । अब अायकरकाे छुट पाइन्छ कि भनेर तलबबाट काेषमा पैसा पठाउनुकाे कुनै अर्थ रहेन, प्याकुरेलले गुनासाे गर्नुभयाे ।

कर्मचारीलाइ ट्रापमा पारिएकाे छ, उहाँकाे भनाइ छ ।

उहाँले गत वर्ष ५ प्रतिशत कर लिँदा धेरै कर्मचारीले जसाेतसाे सहेकाे बताउँदै अब १५ प्रतिशत कर लिने हाे भने काेष बहिस्कार गर्नुकाे विकल्प नरहेकाे स्पष्ट गर्नुभयाे । उहाँले भन्नुभयाे, चाैतर्फी कर बढाएकाे विराेध भइरहेकाे समयमा याे पनि त्यसैकाे एक हिस्सा हाे । अर्थमन्त्रीकाे ध्यान सकारात्मक र राहत दिनेतर्फभन्दा कर उठाउनतर्फ मात्र केन्द्रित भएकाे पाइनु दुःखद हाे ।

याे प्रावधान स्वीकार्य छैन, हामी अब काेषमा रकम जम्मा गर्दैनाैं, अर्का एक कर्मचारीले अाक्राेश पाेखे ।