६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम ः ३६० समिति निर्माण

‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम ः ३६० समिति निर्माण
अ+ अ-

–अच्युत रेग्मी

काठमाडौँ, २७ कात्तिक (रासस) – नेपाल प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी देशभरका ३६० जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिसकिएको बताउनुुहुन्छ । गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्य लिइएको छ ।

कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिने गरी प्रहरीले काम गरिरहेको प्रवक्ता सुवेदीको भनाइ छ । विद्यालय सम्पर्क कार्यक्रम तथा समुदाय आधारित सचेतना कार्यक्रम शुरुआत् भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

“हरेक गाउँ र टोलमा समिति निर्माण गर्ने अवधारणामा स्थानीय जनसहभागिता उत्साहजनक पाइएको छ”, प्रवक्ता सुवेदीले भन्नुभयो । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत स्थानीय जनसमुदायको सहयोगमा केही फरार अपराधीसमेत नियन्त्रणमा लिइसकेको छ ।

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास लिएको प्रहरीले मङ्सिरसम्ममा सबै जिल्ला, पालिका, वडा, टोल र विद्यालयमा समिति निर्माण गरिसक्ने जनाएको छ ।
६२० स्थानीय तहसँग साझेदारी

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि प्रहरीले देशभरका ६२० स्थानीय तहसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । ७५३ स्थानीय तहसम्म कार्यक्रम लैजाने लक्ष्यका साथ अगाडि बढेको प्रहरीले अहिलेसम्म ६२० स्थानीय तहसँग समझदारी गरिसकेको हो । प्रहरीले सबै सामाजिक संस्था र विद्यालयसम्म उक्त कार्यक्रम लैजान सके १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक यो कार्यक्रममा प्रत्यक्ष संलग्न हुनेछन् ।

कार्यक्रमलाई सफल पार्न प्रहरीले पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर समाजमा हुने अपराधसम्बन्धी जानकारी गराउने, प्रशिक्षण दिने, सामुदायिक गस्ती गर्ने, अन्तक्र्रिया कार्यक्रम सञ्चालन तथा सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गर्नेछ । अपराध रोकथामका लागि विद्यालयसँग सहकार्य गरेर छुट्टै पाठ्यक्रम निर्माण गरेर लागू गर्ने गरी अगाडि बढेको छ ।

प्रहरीले समाजमा हुने अपराधलाई न्यूनीकरण गर्न केही स्थानीय तह र सामाजिक सङ्घ संस्थाको सहयोगमा सिसीटिभी जडान कार्यसमेत शुरुआत् गरिसकेको प्रवक्ता सुवेदीले बताउनुभयो । “सिसीटिभीको जडानसँगै अपराध रोकथाममा सहयोग पुग्ने विश्वास प्रहरीले लिएको छ”, उहाँले भन्नुभयो । कार्यक्रम कार्यान्वयनमा आए समाजमा हुने अपराधमा ठूलो मात्रामा कमी आउने प्रहरीले विश्वास लिएको छ ।