७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामै ‘जब सेन्टर’ खोलेर ठगी



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा केही व्यक्तिले ‘जब सेन्टर’ खोलेर ठगी गरेका छन् । उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका व्यक्तिमाथि ठगी गरेको पाइएको हो ।

घरमै बसी जागिर मिल्छ भनी झुटा प्रचारप्रसार गर्ने गरेका पनि फेला परेको प्रहरीले उक्त सूचनामार्फत सम्पर्कमा आएका व्यक्तिलाई त्यसका सञ्चालकले जागिरका लागि फारम भर्ने बहाना बनाई रु ३०० देखि रु ५०० सम्म शुल्क लिने गरेका पाइएको छ । उनीहरूले जब ग्यारेन्टीका लागि भनी लोभ देखाएर रु एक हजारदेखि छ हजारसम्म असुल्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा अनुसन्धानमा खटिएको महाशाखाको टोलीले जागिर लगाइदिने बहानामा ठगी गरेको पाइएपछि केही जब सेन्टरमा सञ्चालकलाई कानुनी दायरामा ल्याएको छ । महाशाखाबाट परिचालित टोलीले काठमाडौँको कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजुलगायत स्थानमा कार्यालय नै खोलेर शुल्कसमेत लिई ठगी गरेको पाइएपछि नौ जनालाई पक्राउ पनि गरेको छ ।

सम्पर्कमा आई शुल्क तिरेर फारम भर्ने व्यक्तिलाई विज्ञापनमा उल्लेखित शर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइहाले पनि तोकिएबमोजिम तलब र सुविधा नदिइने तथा दिए पनि केही समयमा नै उक्त जागिर छोड्न बाध्य बनाउने गरिएको प्रहरीले जनाएको छ । उक्त समूहले कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी सम्पर्कमै रहेको अर्को जब सेन्टरमा पठाई त्यहाँसमेत फारम भरी शुल्क असुल्ने गरेको पनि महाशाखाले जनाएको छ ।

ठगी गर्ने पक्राउ 

यसरी ठाउँठाउँमा जब सेन्टरको नाममा ठगी गर्नेमध्ये हालसम्म नौ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँको बानेश्वरमा सोसाइटी वेलफेयर फ्यासलिटिज म्याजेनजमेन्ट सर्भिस सञ्चालक गर्ने अर्घाखाँचीका भई अमर पाण्डे, सोही जिल्ला घर भई काठमाडौँको पेप्सिकोला बस्ने तिलकराम पाण्डे, लमजुङ दूधपोखरी घर भई काठमाडौँको तारकेश्वर बसी बालाजु दूधपोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका वर्ष २२ का आनन्द मरहठ्ठा र सिराहा घर भई ललितपुर बस्ने एनएन मल्टिपर्पाज प्रालिका सञ्चालक विवेक यादव रहेका छन् । 

यस्तै ओखलढुङगा घर भई काठमडौँ बस्ने एविएस जब एण्ड ट्रेनिङ सेन्टर र हलेसी सेक्युरिटी सर्भिसका सञ्चालक  वर्ष २८ का अश्विन राई, सिन्धुलीको फिक्कल घर भई कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालक गर्दै आएका वर्ष २२ का घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेशनल मल्टिपर्पोज प्रालि सञ्चालक सिर्जना लामिछाने, कोटेश्वरस्थित क्वीकमाण्डु एमपि प्रालिका सञ्चालक ज्ञानु न्यौपाने, सोही ठाउँमा अनमोल जब मल्टिपल प्रालि सञ्चालन गर्दै आएका रामवचनकुमार यादव पनि पक्राउ परेका छन् । 

उनीहरूलाई आवश्यक कारबाहीका लागि नजिकका प्रहरी कार्यालयमा पठाइएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा जागिर लगाइदिने प्रलोभनमा ठगी गरेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न सर्वसाधारणमा आग्रह गरेको छ । रासस