१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानद्वारा ४ करोड ३९ लाख सहयोग



अ+ अ-

काठमाडौं, २ मंसिर । जापान सरकारले चितवन जिल्लामा विपद जोखिम न्यूनीकरण परियोजना सञ्चालनका लाग चार करोड ३९ लाख सहयोग गरेको छ ।

यस सहयोग सम्बन्धी सम्झौतामा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र साप्ला नीर नेपाल कार्यालयका देशीय प्रतिनिधि हिरोमी काट्सुईबीच हस्ताक्षर भएको छ । उक्त परियोजना जापानी अन्तर्राष्ट्रिय गैर सरकारी संस्था साप्ला नीरले सञ्चालन गर्दैछ ।

परियोजनाले बर्सेनि बाढीको चपेटामा पर्ने माडी नगरपालिका र पहिरोको जोखिममा रहने राप्ती नगरपालिकाको लोथरमा विपदको सामना गर्ने उपायका बारेमा समुदायलाई मद्दत गर्र्नेछ ।