३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा स्पेन प्रस्थान



अ+ अ-

काठमाडौं ।अन्तर व्यवस्थापिका संघ (आई पी यू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  स्पेन प्रस्थान गर्नु भएको छ । प्रतिनिधिमण्डल  (बुधवार) बेलुका ८.५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट त्यस तर्फ प्रस्थान गरेको हो ।

सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य  प्रमिला कुमारी र  अगम प्रसाद वान्तवा राई रहनु भएको छ । 

यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्यूको प्रमुख स्वकिय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी हुनुहुन्छ ।

अन्तर व्यवस्थापिका संघ (आई पी यू) र स्पेनको संसदको आयोजनामा यहि मंसिर १० देखि १४ (२६ देखि ३० नोभेम्बर २०२१ ) स्पेनको म्याड्रिडमा आई पी यूको १४३ औं सम्मेलन हुँदै छ । सो सम्मेलनमा"Contemporary Challenge to Democracy: Overcoming Division and Building Community"शीर्षकमा सभामुखले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।

यसैगरी २८ नोभेम्बरमा स्पेनको म्याड्रिडमा आयोजना हुनेMeeting of the Parliamentary Network of the Non-Aligned Movement मा सभामुख सापकोटाले भागलिई बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी प्रतिनिधिमण्डल यहि मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

यो पनि पढ्नुहोस –  सभामुख अग्नि सापकोटा विरूद्ध उभिए मानव अधिकारवादी संघसंस्था, स्पेन यात्रा रोक्न पत्राचार