अमरगढी, ६ मङ्सिरः डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको पिसजोन विद्या निकेतन स्कूलको बस दुर्घटनामा परेको हो ।
अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् ।
घाइतेलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिँदै छ ।