नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई शुक्रबार बिहान हृदयघात भएको छ। घरमै रहेका बेला उनलाई ९ बजेतिर हृदयघात भएको हो।
उनको अहिले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।