१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानन्यायाधीश गिरीको हृदयघातबाट निधन



अ+ अ-

पूर्व प्रधानन्यायाधीश केदार प्रसाद गिरीको हृदयघातबाट शुक्रबार निधन भएको छ ।

विसं २००१ वैशाख २५ गते महोत्तरी जिल्लामा जन्मनुभएका पूर्वप्रधानन्यायाधीश गिरीले २०२५ साल साउन ३० मा न्यायसेवामा प्रवेश गरेका थिए । उनी जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश भएका थिए ।

सर्वोच्च अदालतले आज प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानान्यायाधीश गिरीको निधनप्रति शोक व्यक्त गरेको छ ।उनको निधनले न्यायालयलाई निकै मर्माहत बनाएको उल्लेख छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा रहँदा उनको न्यायालयको श्रीवृद्धिमा उल्लेखनीय योगदान रहेको थियो । सर्वोच्च अदालतमा आजै बसेको आकस्मिक पूर्ण बैठकले यही मङ्सिर ९ गते आइतबार देशभरका सबै अदालत तथा न्यायाधीकरणहरु शोक बिदाका रुपमा बन्द गर्ने निर्णय गरेको छ ।