२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको आरोप— सरकार नै धर्म प्रचारमा लाग्यो



अ+ अ-


काठमाडौं, ८ मंसिर । प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालको वर्तमान सरकार नै धर्म प्रचारमा लागेको आरोप लगाएको छ । एक आइएनजीओको मातहत बसेर सरकारले ‘क्रिश्चियन धर्म प्रचार’का लागि सहआयोजक भएको भन्दै काँग्रेसले त्यसको विरोध गरेको हो ।
उक्त कार्यक्रमको सहआयोजक बसेर सम्मेलन गर्न लागेकोमा काँग्रेसले यथार्थ के हो भनी त्यसको जवाफ पनि माग गरेको छ ।
कोरियाको युनिभर्सल पिस फेडरेसन (युपीएफ) ले मंसिर १४ गतेदेखि १७ गतेसम्म राजधानीको होटल हयात रिजेन्सीमा गर्ने ‘द एसिया प्यासिफिक समिट २०१८’ मा सरकार सहआयोजक बसेकोमा कांग्रेसले आपत्ति जनाएको हो।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सो प्रश्न गरेका हुन् । उनले उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने आयोजकले तय गरिसकेकोले यसको जवाफ सरकारले दिनुपर्ने बतए ।
‘एउटा आइएनजीओ आयोजक छ। सरकार सहआयोजक हुने? प्रचारमा आएको छ, यो सम्मेलन निश्चित धर्म प्रचारका लागि गरिँदैछ,’ प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो संविधानमा देश धर्म्निरपेक्ष रहने उल्लेख छ। सरकार सहआयोजक बनेर संविधानको बर्खिलाप गर्ने?’