१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको आरोप— सरकार नै धर्म प्रचारमा लाग्यो



अ+ अ-


काठमाडौं, ८ मंसिर । प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालको वर्तमान सरकार नै धर्म प्रचारमा लागेको आरोप लगाएको छ । एक आइएनजीओको मातहत बसेर सरकारले ‘क्रिश्चियन धर्म प्रचार’का लागि सहआयोजक भएको भन्दै काँग्रेसले त्यसको विरोध गरेको हो ।
उक्त कार्यक्रमको सहआयोजक बसेर सम्मेलन गर्न लागेकोमा काँग्रेसले यथार्थ के हो भनी त्यसको जवाफ पनि माग गरेको छ ।
कोरियाको युनिभर्सल पिस फेडरेसन (युपीएफ) ले मंसिर १४ गतेदेखि १७ गतेसम्म राजधानीको होटल हयात रिजेन्सीमा गर्ने ‘द एसिया प्यासिफिक समिट २०१८’ मा सरकार सहआयोजक बसेकोमा कांग्रेसले आपत्ति जनाएको हो।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सो प्रश्न गरेका हुन् । उनले उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने आयोजकले तय गरिसकेकोले यसको जवाफ सरकारले दिनुपर्ने बतए ।
‘एउटा आइएनजीओ आयोजक छ। सरकार सहआयोजक हुने? प्रचारमा आएको छ, यो सम्मेलन निश्चित धर्म प्रचारका लागि गरिँदैछ,’ प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो संविधानमा देश धर्म्निरपेक्ष रहने उल्लेख छ। सरकार सहआयोजक बनेर संविधानको बर्खिलाप गर्ने?’