७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

ऐतिहासिक स्थल ज्यामरुककोटलाई उजिल्याउने पहल भएन

ऐतिहासिक स्थल ज्यामरुककोटलाई उजिल्याउने पहल भएन
अ+ अ-

– ध्रुवसागर शर्मा

गलेश्वर, १२ मङ्सिर: ज्यामरुककोट मल्लकालदेखि नै प्राकृतिक रुपले अत्यन्त सुन्दर, सामरिक रुपले सुरक्षित र आर्थिक रुपले सम्पन्न राज्य थियो । यस्तो राज्यमा अरु राजाको आँखा पर्नु र आक्रमण गरेर जित्न खोज्नु त्यतिबेलाको राजनीतिक मान्यता नै थियो र त्यो स्वाभाविक पनि ।

विसं १५७२ मा ज्यामरुककोटका अन्तिम मल्ल राजा भर्तिबम मल्ललाई आफ्नै सौतिला दाजु तत्कालीन मल्लाजी राजा डिम्बबम मल्लले आक्रमण गरेर ज्यामरुककोट कब्जा गर्न खोज्दा ‘दिए पनि खान्न, धपाए पनि जान्न, ज्यान गए जाला, ज्यामरुककोट छोड्दिन’ भनेर अड्डी लिए ।

राजा भर्तिबमले आफ्नो गर्विलो राज्य छोड्न कतै तयार भएनन् । फलतः ज्यामरुककोट हत्याउन दाजु डिम्बबमले भाइ भर्तिबमको हत्या गरे ।

अहिले समय फेरिएको छ । देशमा ठूल्ठूला राजनीतिक परिवर्तन भए । राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको उदय भयो । गणतन्त्रसँगै सङ्घीयता आयो । आफ्नै मातहत रहेका स्रोतहरुबाट आम्दानी गर्नुपर्ने अवस्था स्थानीय सरकारमाथि आइपरेको छ । यद्यपि, पर्यटन र पुरातात्विक महत्वको ज्यामरुककोटलाई नगरपालिका र वडाले आम्दानीको माध्यम बनाउन अझै सकेका छैनन् ।

म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय, जैविक र साँस्कृतिक सम्भावना बोकेको ऐतिहासिक र पुरातात्विक स्थल ज्यामरुककोट केन्द्रको उपेक्षा र स्थानीय तहको उदासीनताका कारण ओझेलमा पर्दैआएको छ ।

सदरमुकाम बेनीबजारदेखि करीव ४ किलोमिटरको दूरीमा अवस्थित ज्यामरुककोटमा पर्यटकलाई आकर्षण गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् ।

ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायत १५ वटा भन्दा बढी हिमशृङ्खला, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटा भन्दा बढी गाउँहरु, सूर्योदय, ग्रामीण जनजीवन र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य नियाल्न सकिन्छ ।

ज्यामरुककोटको इतिहास १५आँैं शताव्दीको विरासतसँग जोडिएको छ । पन्ध्रौँ शताव्दीको प्रारम्भसँगै थापाहरुले राज्य गर्न थालेपछि अस्तित्वमा आएको हो ज्यामरुककोट । यहाँ रहेको (खड्गभवानी कोत) का दुर्लभ हातहतियार र अभिलेखहरुले यस ठाउँको ऐतिहासिक महत्वलाई स्पष्टसँग उजिल्याउँछ । यस कोतमा ५७४ वर्ष पहिलेका मल्ल र थापा राजाहरुका अभिलेख रहेका छन् ।

ज्यामरुककोटमा विसं १२४६ देखि १५४५ सम्म थापाहरुले राज्य गरेका थिए । विसं १५४५ को भदौ महिनामा थापाहरुको पुख्र्याैली थलो मानिएको ताकम डिम्बबमले कब्जा गरेपछि ज्यामरुककोट, पुलाचौर, कुहू र राखुका थापा राजाहरुले आफ्नो खाइपाई आएको राज्य छोडेर मल्ल राजाहरुका मन्त्री र सेनापति बनेका र थापा राज्यको अन्त्य भएको इतिहास रहेको बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो ।

स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधिविहीन रहँदा सम्भावना हुँदाहुँदै पनि यो ठाउँको विकास हुन सकेन । वडाध्यक्ष थापाले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रवद्र्धन रहेको बताउनुभयो ।

“खवराको लभ्ली हिललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने मेरो पहिलो प्राथमिकता हो,” थापाले भन्नुभयो – ‘त्योसँगै ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वको खड्ग भवानी कोतमा पनि पूर्वाधार विकास गरी पर्यटकीय क्षेत्र बनाउन पहल हुनेछ ।”

करीव ५ रोपनी क्षेत्रफलमा रहेको यस स्थानमा थापा र मल्ल राजाहरुको ताम्रपत्रमा अङ्कित अभिलेख, तोप, खुँडा, तरबारलगायतका हातहतियार, प्राचीन शिला र ईंट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा रहेका छन् ।

कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यका बारेमा प्रचारप्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटकहरु त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवी एवं खड्गभवानी कोत संरक्षण एवं गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुहुन्छ ।

“भकुण्डेसम्म पुगेको मोटरबाटोलाई भकुण्डेदेखि करीव १ किलोमिटर दूरीमा रहेको कोटडाँडोसम्म पु¥याउन र २÷४ वटा स्तरीय होटल एवम् रेष्टुराँ निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटक हिमाल, नदी, गाउँ र सूर्योदयको अवलोकन गर्न यहाँ आउन सक्छन्,” घिमिरेले भन्नुभयो ।

त्यसैगरी, ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ । “प्राङ्गारिक खेती, ठूलाखोलाबाट ल्याइएको चिसो पानी, विभिन्न पक्षी, मह, भटमास, कालोदाल, स्थानीय जातका खसी, कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, वन ढुकुर र वन कुखुरो, तरुल, भ्याकुर र शखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन् । जै, कोदोबाट बनाइने विभिन्न परिकारहरुले पनि यहाँको पहिचानलाई झल्काउँछन् ।

ब्राह्मण, क्षेत्री, ठकुरी, कुँवर, चर्मकार, विक, दर्जी, गुरुङ, मगरलगायतका जातजातिहरुको बसोबास रहेको यो ठाउँ साँस्कृतिक विविधताले भरिपूर्ण छ । ज्यामरुककोटको गोश्वारा गाउँमा अवस्थित राधाकृष्ण मन्दिरमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमी पर्वमा लगाइने मेला यस क्षेत्रको प्रमुख मेला हो ।

पाँच दिनसम्म सञ्चालन हुने यो मेलामा म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, कास्कीलगायतका जिल्लाहरुबाट खेलाडी र कलाकारहरु सहभागी हुन आउने गर्दछन् । मेलामा विभिन्न जातजातिले आफ्नो जातीय पहिचानका झलकहरु देखाउने, नृत्यहरु प्रस्तुत गर्ने र सामाजिक सद्भावलाई कायम गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको राधाकृष्ण युवा क्लबका सल्लाहकार कृष्णबहादुर कार्कीले बताउनुभयो ।

ज्यामरुककोटको खड्ग भवानी कोतमा रहेका पुराना हातहतियारहरुको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी, भाला, तरबार, ढाललगायतका औजारहरुमा खिया लागेको छ । कोट परिसर युवायुवतीहरुको क्रिडास्थल र केही टाठावाठाहरुको व्यक्तिगत सम्पत्तिजस्तै बनेको स्थानीय बासिन्दा यामवहादुर कार्कीको गुनासो छ ।

जिल्ला सदरमुकाम बेनीबजारदेखि ४ किलोमिटरको दूरीमा रहेको भए पनि कसैले ध्यान दिन नसक्दा पश्चिम नेपालकै एक ऐतिहासिक स्थल गुमनाम रहन पुगेको अर्जन मावि भकुण्डेका प्रधानाध्यापक शिवकुमार खत्रीले बताउनुभयो ।

खड्ग भवानी मन्दिर परिसरमा केही भौतिक पूर्वाधार निर्माण गरिदिने हो भने वर्षेनी सयौं पर्यटक त्यहाँ पुग्न सक्छन् । यसका लागि अब स्थानीय सरकारले ढिलो नगरी पहलकदमी लिनुपर्ने खाँचो छ ।(रासस)