२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधान संशोधन मस्यौदाको छलफलमा काङ्ग्रेस



अ+ अ-

 

काठमाडौँ, १३ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि आजदेखि छलफल शुरु गरेको छ ।

मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई लैजाने उद्देश्यका साथ विधान संशोधन समितिले तयार पारेको मस्यौदामाथि छलफल शुरु भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको हो ।

पार्टीको मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन काङ्ग्रेस छलफलमा जुटेको हो । पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ ।

यही मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएपछि आजको बैठक बोलाइएको हो । मङ्सिर ९ गतेको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो ।

काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संशोधनका लागि प्रस्ताव गरिएको मस्यौदामाथि दफावार छलफल गरिने बताउनुभयो । “संशोधित मस्यौदाबाहेक राजनीतिक, आर्थिक र सङ्गठन प्रस्ताव बारेसमेत छलफल हुनेछ,” उहाँले भन्नुभयो । सबै प्रस्तावमाथि छलफल गरेर तोकिएको समयभित्र महासमिति बैठक सक्नेगरी गृहकार्य गरिरहेको उहाँको भनाइ थियो ।

आजको बैठकमा प्रस्तावित विधानबारे केन्द्रीय सदस्यहरु डा रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी र प्रदीप पौडेलले आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा बोल्ने नेताहरुले गाउँको कार्यकर्ताको भावनालाई समावेश गरेर विधान संशोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो । काङ्ग्रेस नेता प्रदीप पौडेलले पार्टीमा युवालाई समावेश गर्नेगरी विधान संशोधन गर्नुपर्ने विचार राख्नुभएको थियो ।

संशोधन हुन लागेको विधानबारे छलफल गर्न बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।