५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस काठमाडौँ क्षेत्र नं १० का सभापतिमा महर्जन विजयी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहनुभएका उहाँले ३२० मत प्राप्त गर्नुभएको थियो । 

यस्तै, सचिवमा हरिबहादुर महर्जन २९६, राजु खत्री २५३, सहसचिवमा मिलन विष्ट २२९ र शिशिर महर्जनले २२६ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । 

महाधिवेशन प्रतिनिधि खुलातर्फ राजेन्द्रकुमार केसी (राजन), राजकुमार नकर्मी, विकास बस्नेत, दीपेन्द्र आचार्य, अमृका बलामी, श्यामबहादुर कार्की, धर्मराज केसी, ईश्वर लामा, योगेन्द्रकुमार कुँवर र गोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मीदेवी दाहाल रावल, अजितादेवी शर्मा, यशोधा गौतम र मनमैया गिरी, आदिवासी जनजाती महाधिवेशन प्रतिनिधि बद्रीलाल महर्जन, विष्णुमान मानन्धर र चन्द्रबहादुर गोपाली, आदिवासी जनजाती महिला महाधिवेशन प्रतिनिधिमा सिर्जना श्रेष्ठ (सिंह) र यमुनादेवी श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

यस्तै, खस आर्य तर्फ सीता केसी (खड्का) र तारा बुढाथोकी, खस आर्य महाधिवेशन प्रतिनिधि पुरुषतर्फ गणेशबहादुर सुवेदी र राजेन्द्र खत्री र अल्पसङ्ख्यकबाट सुदन महर्जन विजयी हुनुभएको जनाइएको छ । रासस