७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

जनकपुरमा विवाहपञ्चमीको रौनक, झिलिमिली बनाइयाे जनकपुरधाम

जनकपुरमा विवाहपञ्चमीको रौनक, झिलिमिली बनाइयाे जनकपुरधाम
अ+ अ-

– हिमांशु चौधरी

जनकपुरधाम, १८ मंसिर । यही मंसिर २६ गते आयोजना हुने विवाह महोत्सवका लागि उत्साहपूर्वक सम्पूर्ण तयारी पूरा भएकाे छ ।

महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने चर्चा छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा ( रङ्गशाला) सम्म सिङ्गारिने, सरसफाइ र पण्डाल निर्माण तीव्र गतिमा भइरहेको छ ।

सुरक्षाकर्मी, राजनीतिकर्मी, समाजसेवी, नागरिक समाजका अगुवाको सहभागितामा बाह्रबिघाको सरसफाइ र उपमहानगरपालिकाद्वारा सडक निर्माण, सडक व्यवस्थित गर्ने कार्य भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगीको महोत्सवमा सहभागितासमेतलाई दृष्टिगत गर्दै स्वागत, भण्डारालगायत संपूर्ण कार्यक्रम तय गरिसकिएको प्रष्ट प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत बताउनुहुन्छ ।

महोत्सवलाई हर्षोल्लासपूर्वक मनाउन र महोत्सवमा आगन्तुकको सहभागिताका लागि हिजो आज विभिन्न मङ्गल गान सुनिन्छ ः

‘आज शुभ दिन मङ्गल गाउँ हे
जानकीके होयत विवाह
जनकपुर आउ हे …।’

हुने गोस्वामी तुलसी दासले रामायणमा वर्णन गर्नुभएअनुसारको सीताराम विवाह महोत्सवमा आमसमुदायलाई सहभागी हुन जनकपुरधामका नारीद्वारा गरिने निम्तो हो – मङ्गल गान ।

जनकपुरधाममा राजा जनकद्वारा धनुषको ताँदो चढाउन प्रस्ताव भएकामा अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएपछि गुरू विश्वामित्रको साथमा आउनु भएका उहाँले सीतासँग स्वयंवर गर्नुभएकाले सो को संझनामा यहाँ सीताराम विवाह महोत्सव मनाइने चलन चलेको हो ।
रामायणमा उल्लेख भएअनुसार जनकपुरधामको बाह्रबिघामा आयोजना गरिएको सो स्वयंवरमा विभिन्न देवीदेवताको उपस्थिति थियो । सोही विवाहको प्रसङ्गलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्नु नै सीताराम विवाह महोत्सवको विशेषता हो ।

सीतालाई छोरी र बहिनीका रूपमा मान्ने मिथिलावासी विवाह महोत्सवमा देवीदेवताको शरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् । रामलाई ज्वाइँ एवं भिनाजुका रूपमा श्रद्धा व्यक्त गर्दै प्रतीकात्मक सीताराम विवाह महोत्सवमा

‘चलु सखी देखए चुमाओन हे
जनकजीके अङ्गना… ’ भनी आशीष दिने गरिन्छ ।

मिथिलामा कुनै पनि धार्मिक–सांस्कृतिक अनुष्ठानमा सीतारामको चर्चा हुने भएकाले प्रत्येक दुलहालाई राम र दुलहीलाई सीताको रूपमा विवाह गर्ने गरेका छन् । यसैगरी हरेक आमा सीताकी आमा बनेर
‘एक दिन आहे सीता मन्दिर निपय गेली
धनुषा देल ओङ्गठाय
घरसँ बहार भेली सुनयना
बैस गेली देहरि झमाय… ।’ भनी गित गाउने गर्छिन्

विवाह महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाइ धर्मावलम्बी पनि सहभागी हुने गर्दछन् । महोत्सवका क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह गरिँदा त्रेतायुगको झलक कलियुगमा पनि देख्न पाइन्छ । यसअन्तर्गत पौराणिक व्यवस्थाअनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी बाह्रबिघा पु¥याइन्छ भने जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा राखी बाह्रबिघा लगिन्छ ।

बाह्रबिघामा स्वयंवर र वैवाहिक विधि सम्पन्न भएपछि प्रतीकात्मक सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ ।

जनकपुरधामका बारेमा मिथिला महात्म्यमा ‘जानकी जन्मभूम्यां यः प्राणत्याग करौती वेन याति विष्णु पदवी पापरागिनी पि हि …’ (जानकीको जन्मभूमिमा जसको देह त्याग हुन्छ, त्यो व्यक्ति सयौँ पापको भागी भएर पनि विष्णुलोक पुग्छन् । यही भावले पनि जनकपुरधाम नपुगेका एकपटक यहाँ आउन चाहन्छन् ।) भनी उल्लेख गरिएकाले यस महोत्सवलाई सुवर्ण अवसरका रूपमा लिइन्छ ।

बाह्रबिघामा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँ–गाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सम्मिलित श्रद्धालुको उत्साहमा यो महोत्सवमा वास्तविक विवाहझैँ रमाइलो गरिने चलन रहेको छ । (रासस)