३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

बैंकहरुबीच सुरु भयो ब्याजदर बढाउने प्रतिस्पर्धा

बैंकहरुबीच सुरु भयो ब्याजदर बढाउने प्रतिस्पर्धा
अ+ अ-

काठमाडाैं, १९ मंसिर । नेपाल बैंकर्स संघले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदरको सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरे लगत्तै बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको छ । बैंकहरु बीचको सहमति तोडिएकै भोलिपल्ट मुद्दती निक्षेपको ब्याजदर १२.५० प्रतिशत पुगेको छ ।

बैंकर्स संघको मंगलबारको बैठकले व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैले निर्धारण गर्न पाउने निर्णय गरेको थियो ।

बैंकहरुमा लगानी योग्य रकमको अभाव हुन थालेपछि संघले यसअघिको सहमति भङ गरेको थियो ।

यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो । बचत खातामा सात प्रतिशतसम्म तथा संस्थागत निक्षेपमा भने ११ प्रतिशतसम्म ब्याज दिन पाइने भद्र सहमति गरिएको थियो ।

बैंकहरुबीचको सहमति तोडिएकै भोलिपल्ट जनता बैंकले व्यक्तिगत बचतमा १२ प्रतिशत ब्याजदरको अफर ल्याएको छ भने माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत ब्याज दिने व्यक्तिगत मुद्दति खाता योजना सार्वजनिक गरेको छ । बैंकहरुले प्रकाशित गरेको ब्याजदरमा थप आधा प्रतिशत बिन्दु बढिसम्म ब्याज दिन सक्छन् ।

माछापुच्छ्रे बैंकले मासिक ब्याज भुक्तानी र ५ वर्षसम्मका लागि नयाँ ब्याजदर योजना ल्याएको हो । यस्तै जनता बैंकले पनि १२ प्रतिशत ब्याज दिने गरी जनता मुद्दती खाता योजना ल्याएको छ । जसमा न्यूनतम १ लाख रुपैयाँ मौज्दात हुनुपर्नेछ ।  ।

बैंकहरु चालु आर्थिक बर्षको दोस्रो त्रैमासलाई ध्यानमा राखेर निक्षेप बाहिरिन नदिन पनि ब्याज बढाउन बाध्य भएका हुन् । ब्याजदर बढाउने प्रतिस्पर्धाले बैंकहरुको लागत बढेर ऋणको ब्याज अझ बढ्ने आँकलन गरिएको छ । बैंकहरुको यो निर्णयले बैंकहरुलाई कर्जा निक्षेप अनुपात सन्तुलनमा राख्न राहत मिल्ने भएपनि कर्जाको चर्को ब्याज तिरिरहेका व्यवसायी भने थप मारमा पर्ने अवस्था आएको छ ।