३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा सोमबार मोरङ आउने



अ+ अ-

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ आउनुहुने कार्यक्रम छ । 

उहाँ यहाँको सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउन लाग्नुभएको हो ।  

सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान सो नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनुहुने छ ।

प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । 

त्यसैगरी उहाँले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको उपप्रमुख तामाङले बताउनुभयो ।