५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया प्यासिफिक सम्मेलनपछि ओलीसँग प्रचण्ड रुष्ट



अ+ अ-

न्युजपोलार समाचार विश्लेषण

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एसिया प्यासिफिक सम्मेलन नेपालमा आयोजना गर्न दिन नहुने भनी आफूले बारम्बार भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको भनी प्रतिक्रिया दिएपछि नेकपाभित्रको विवाद फेरि एक पटक सतहमा आएको छ । हुनत यस विषयमा नेकपाकै आर्का नेता भीम रावलले गम्भीर असहमति व्यक्त गरेको मात्र नभएर यस सम्मेलनले नै पार्टीलाई ‘डुबाउने’ भनी प्रतिक्रिया दिइ नै रहनुभएको थियो । त्यो भन्दा पनि अझ ठूलो हलचल नेता श्रेष्ठले गएराति बिबीसी नेपाली सेवामा दिएको अन्तर्वार्तापछि थप छर्लंग भएको छ । त्यस अन्तर्वार्तामा नेता श्रेष्ठले सो सम्मेलन गर्ने भन्ने कुरा आएपछि देखि नै आफूले यस्तो कुनै विवादास्पद संस्थाले आयोजना गर्ने सम्मेलनमा सरकार नै आयोजक बस्न नहुने बताएको तर सरकारले नमानेको भनी स्पष्ट रुपमा खोलिदिएका छन् । यस विषयमा पार्टीभित्रै पनि विवाद भएको र सो विवादका कारण नेताहरु विभाजित भएका थिए । प्रवक्ता श्रेष्ठ र अरु केही नेताहरुले सचिवालय बैठकमा नै यस्तो कार्यक्रम गर्न नहुने भनेपछि सरकार प्रमुख आयोजक बस्ने काम रोकिएको तर सरकार संलग्न नै हुनु हुँदैन भनी लिइएको अडानलाई भने प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपालका कारण नरोकिएकोले जसका कारण आज पार्टीको यो हालतमा विरोध र आलोचना भइरहेको उहाँले बताउनुभयो । नेता श्रेष्ठले त अझ यसअघि नै युनिभर्सल पिस फेडरेसन नामक संस्थामा आवद्ध रहेका एकनाथ ढकाल नै मन्त्री भएको बेलामा यस्तो सम्मेलन गर्न खोज्दा आफू उपप्रधानमन्त्री रहेका बेला रोकेको खुलासा पनि गरेका छन् । उनले त्यस समय आफ्नै गम्भीर असहमतिले गर्दा त्यस्तो विवादास्पद कार्यक्रम रोकिएको तर यतिखेर भने आफूले विरोध गरेता पनि रोक्न नसकेको स्पष्ट रुपमा खुुलासा गरेका थिए ।
त्यो कार्यक्रम त विवादास्पद भयो नै, त्यसले पार्टी भित्र पनि ठूलो विभाजन ल्याएको देखिएको छ । यस्तो कार्यक्रमको आयोजना खासमा आर्थिक लाभमा फसेर गरिएको भन्दै पार्टीकै कतिपय नेताहरुले प्रधानमन्त्री र माधव नेपालको अडानका कारण यस्तो भएको भन्दै त्यसको विरोध गरेका छन् । त्यसका लागि एक दुई दिनमै पार्टीको सचिवालयको बैठक बोलाउने तयारी गरिएको पनि समाचार स्रोतले बताएको छ । तर त्यो भन्दा पनि अर्काे गम्भीर प्रश्न यतिखेर पार्टीभित्र प्रचण्डको असहमतिका कारणले उठेको बताइएको छ । त्यस कार्यक्रममा पार्टीका अरु नेताहरु पुगेपनि प्रचण्ड नपुगेका तथा यस विषयमा कहिँ कतै उनले प्रसंग पनि नकोट्याएकोले उनको असहमति रहेको त झल्किन्छ नै । त्यस विषयमा पनि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले छर्लङ्गै पारिदिएका छन् । यस कार्यक्रमप्रति प्रचण्डको विचार के थियो भन्ने प्रश्नमा उनले भनेका छन्– यसमा अध्यक्ष प्रचण्ड असहमत हुनुहुन्थ्यो । सोही असहमति नै उक्त कार्यक्रममा उहाँको अनुपस्थिति थियो । पूर्व माओवादी सम्बद्ध एकजना सदस्यले भने– ‘अध्यक्ष कमरेड त्यो कार्यक्रम नगरौँ भन्नेमा हुनुहुन्थ्यो । तर जब प्रधानमन्त्रीले माधव नेपालको निकै जोड छ, त्यसैले म यस कार्यक्रमबाट पछिहट्न सक्दिन भनेपछि अनि प्रचण्ड कमरेड चितवनतिर लाग्नुभएको हो ।’ तर यसैबीचमा अध्यक्ष प्रचण्डको स्वास्थ्य परीक्षण गराएको समाचार पनि आएको थियो नि के उहाँ विरामी भएर त सो कार्यक्रममा नजानुभएको त होइन भन्ने प्रश्नमा ती सदस्यले भने– खोई हामी दिनहूँ भेट भएका छौँ, उहाँ विरामी भएको मलाई थाहा भएन ।
अध्यक्ष प्रचण्डले सरकारले यसअघि घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रममा पनि उपस्थित हुनुभएको थिएन । हुनत सो कार्यक्रम सरकारी थियो तर पनि पार्टीले उपस्थितिका लागि उहाँलाई आग्रह गरेको भए पनि त्यहाँ नजाने उहाँले बताउनुभएको थियो । साथै सो कार्यक्रम घोषणा भएपछि पनि अध्यक्ष प्रचण्डले खासै कुनै प्रतिक्रिया दिनुभएको छैन । साथै चितवनमा दुई हप्ता अघिको एक कार्यक्रममा प्रचण्डले सरकारले अब ‘गियर बढाउने’ भनी प्रतिक्रिया दिएपछि सरकार र पार्टीको बारेमा खासै केही बोल्नुभएको छैन । त्यसमा पनि यो पछिल्लो एसिया प्यासिफिक सम्मेलनपछि त उहाँ झनै रुष्ट हुनुभएको बताइएको छ । उहाँले आफ्नो निवासमा जाने नेताहरुलाई सरकारले जनताको आक्रोस र अपेक्षा कम गर्न जनतालाई राहात दिने काम गर्नुपर्नेमा यो नचाहिने काम गरेर पार्टीलाई अलोकप्रिय मात्र बनाएको भनी प्रतिक्रिया दिने गर्नुभएको ती सदस्यले खुलासा गरे । यसरी यस कार्यक्रमप्रति विदेशी चासो रहेको र नेपालस्थित चिनियाँ राजदूतले पनि प्रधानमन्त्री ओेलीलाई भेटेर सो कार्यक्रमको आयोजनाका बारेमा चासो राख्नुभएको भनी समाचार आएलगत्तै यता नेकपाका अध्यक्ष प्रचण्ड पनि रुष्ट बनेको यो समाचार आएको छ । यस विषयमा आगामी सचिवालय बैठकमा गम्भीर रुपमा समीक्षा हुने नेताहरुको दाबी छ ।