२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासंद मोहन आचार्यले गरे दुई विद्यालयको हस्तान्तरण



अ+ अ-

रसुवा । सासंद मोहन आचार्यले  कुण्डगाउँपालिका वडा नं ३ पाटिखर्कमा आयोजित एक कार्यक्रममा दुप्चेश्वरी आधारभुत बिद्यालय र नमूना आधारभूत विद्यालयको हस्तान्तरण गर्नु भएको छ।

२०७२ सालको भुकम्पमा ध्वस्त भएको सो बिद्यालय भवन गैरसरकारी संस्था रिकाडो मन्सानारिको आर्थिक सहयोग तथा एसीया अनलुस र कृषिबन प्रतिष्ठानको प्राबिधिक सहयोगमा निर्माण सम्पन्न भएको हो।
वैशाख १२ गतेको विनाशकारी भूकम्पले विद्यालयका सबै कक्षामा पूर्णक्षति भएपछि २ सय ४८ जना विद्यार्थीहरु अस्थायी टहरामा बसेर पढ्न बाध्य थिए।
विद्यालयलाई नयाँ भवन सहित सहायता सामग्री प्राप्त भएकाले शिक्षहरुमा मनोबल वृद्धि हुनाका साथै विद्यार्थीमा पनि पढ्ने उत्साह बढेको विद्यालयका प्रधान अघ्यापक दावा तामाङले बताउनुभयो । विद्यालयमा अहिले पक्की भवन निर्माण भएसँगै विद्यार्थी दङ्ग परेका छन् ।
एक करोड पचहत्तर लाख रुपैयाँको आर्थिक लगानीमा बनेको दश कोठे दुईवटा पक्कि भवन सहितको संरचनाका साथै अन्य भौतिक सामग्री समेत सासंद आचार्यले विद्यालय प्रशासनलाई हस्तान्तरण गर्नु भएको हो।