५ आश्विन २०८१, शनिबार
,
Latest
मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

टनकपुर बाँध नजिककै सडक कालोपत्रे हुँदै



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाले ब्रह्मदेव बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रेका लागि लगत अनुमान तयार गरेको छ ।
यसअघि भारतले एकलौटी रूपमा नेपाली भूमि मिच्ने गरी ब्रह्मदेव बजारसम्मको सडक कालोपत्रे गर्न लागेकोे थियो । स्थानीय प्रशासनले नेपाली भूमिमा भारतलाई सडक बनाउन रोक लगाएपछि नगरपालिकाले आफ्नै लगानीमा कालोपत्रे गर्न लागेको हो ।

ब्रह्मदेव बजारसम्म जोड्ने बाँध पूर्वपट्टिको नेपाली भूमिको सडक आफ्नै लगानीमा बनाई कालोपत्रे गर्छौँ’ नगरप्रमुख सुरेन्द्र विष्टले भन्नुभयो, “कालोपत्रेका लागि लागत अनुमान तयार गरिएको छ, त्यसअनुसार बजेट व्यवस्था गरी कालोपत्रे शुरु गर्छौँ ।”

उक्त सडक कालोपत्रेत्रका लागि रु ८० लाखको बजेटको लाग्ने अनुमान गरिएको उक्त नगरपालिकाका भौतिक पूर्वाधार तथा योजना शाखा प्रमुख तथा इञ्जिनीयर जयराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार १३५ मिटर लम्बाइको सडक १२ मिटर चौडा हुनेछ ।

भारतले टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म सडक कालोपत्रे गर्न लागेकामा स्थानीयवासीले प्रशासनलाई जानकारी दिएपछि तत्काल काममा रोक लगाउनुपरेको थियो । नगरप्रमुख विष्टले भारतीय पक्षले नेपाली भूमिमा गर्न लागेको कालोपत्रे रोक्नका लागि कञ्चनपुरका सङ्घीय र प्रदेश सांसदसहित तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, सुरक्षा अधिकारीसितले पहल गरेका थिए ।

हामी अर्काको भूमि मिच्दैनौ आफ्नो एक इन्च पनि जमीन गुमाउँदैनौ, आफ्नो भूमिमा हामी आफैँ सडक कालोपत्रे गर्छौँ, भन्दै त्यो बेला भारतलाई सडक कालोपत्रे गर्न रोक लगायाँै उहाँले भन्नुभयो, “ अब नगरपालिकाले त्यहाँ यसलाई छिट्टै कालोपेत्र गर्छ ।”