• ५ आश्विन २०८०, शुक्रबार
  •      Fri Sep 22 2023
  •   Unicode
Logo
Latest
★   अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट ★   एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा ★   एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि ★   शिक्षकका मागका बारेमा कार्यवाहक प्रधानमन्त्री र मन्त्रीहरु छलफलमा ★   शिक्षक आन्दोलन आज तेस्रो दिन पनि जारी, राजधानिको सडक अस्तव्यस्त ★   क्यान निर्वाचन: चतुरबहादुरको प्यानलबाट सचिवमा उठ्दै पारस खड्का ★   आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सर्‍यो ★   आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना ★   पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन ★   शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा: प्रधानमन्त्री दाहाल

स्वर्णमा नेपालको ‘क्लिन स्विप’



काठमाडौं । काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइज÷गल्र्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । बुधबार ब्वाइज÷गल्र्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा नेपालका सक्षमविक्रम शाहले नेपालका दर्शिल श्रेष्ठलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे । पाकिस्तानका अमिर मुहम्मद खान मजारी र भारतका सिद्धार्थ जिबु संयुक्त रुपमा तेश्रो भए ।

सातदोबाटोस्थित टेनिस कम्प्लेम्समा भएको गल्र्स सिंगल्स फाइनलमा नेपालकी सुनिरा थापाले नेपालकै प्रशंसा मोक्तानलाई ६–४ र ७–६ ९३० को सेटमा हराइन् । नेपालकी आद्या पौडेल र अमेरिकाकी नाला जोस्फिन मास्केले तेश्रो स्थानमा चित्त बुझाए । अघिल्लो साता सम्पन्न सर्किट– १ को सिंगल्समा पनि सक्षम र सुनिरा नै च्याम्पियन बनेका थिए । त्यस सर्किटको डबल्समा पनि दुवैले स्वर्ण जितेका थिए ।

यसअघि डबल्सको ब्वाइजमा सक्षम र दर्शिल तथा गल्र्समा सुनिरा र प्रशंसाको जोडीले बाजी मारेका थिए । विजेतालाई नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे, प्रतियोगिता निर्देशक एवं टेनिस संघका सदस्य अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका ३३ खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।