१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेनाबाट नेपाली सेनालाई वर्कशप ट्रक सहयोग



अ+ अ-

काठमाडौ । भारतीय सेनाले नेपाली सेनालाई टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान गरेको छ ।  नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच  भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गर्नुभयो ।

कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा काम गर्ने यी वर्कशप ट्रकहरुले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । प्रधानसेनापति प्रभुराम शर्माले हालै भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरी स्वदेश फर्किए पश्चात सो ट्रकहरु उपहारस्वरुप प्रदान गरिएको हो ।

रक्षा सहकार्य अन्तर्गत उपलब्ध गराइने यस्ता सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीच रहेको गहिरो तथा बलियो सम्बन्धलाई पुष्टि गर्दछ । यस सैन्य सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि मद्दत पुग्ने दुताबासले जनाएको छ ।  भारत सरकारको तर्फबाट भारतीय सेनाले नेपाली सेनालाई अझ सशक्त एवम् आधुनिक बनाउन उसले गरेका प्रयासमा निरन्तर सहयोग गर्ने पनि जनाएको छ ।