२७ मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पत्रकार शाहलाई रिहा गर्न माग



अ+ अ-

काठमाडौँ: देशसञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय अगाडिबाट समाचार सङ्कलन तथा फोटो खिच्ने क्रममा प्रहरीले बिहीबार अपराह्न पक्राउ गरेको घटनाको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) विरोध गरेको छ ।

समूहले विज्ञप्ति जारी गर्दै उक्त घटनाले फोटो पत्रकारले स्वतन्त्रतापूर्वक फोटो खिच्न पाउने अधिकारको हनन भएको जनाएको छ ।

“पत्रकारको संविधान प्रदत्त अधिकारमाथि प्रहरीले गरेको हस्तक्षपको राष्ट्रिय फोटो पत्रकार समूह विरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ । पेशागत कामको शिलशिलामा खटिएका फोटो पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको एनएफपीजेले जनाएको छ ।

पक्राउ परेकी शाहलाई तत्काल रिहा गर्न एनएफपीजेले माग गरेको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती प्रकाशन गरी समाचार संकलनका क्रममा प्रहरीले देशसञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएकाे छ ।

राष्ट्रपति निवास शीतल निवासअगाडि भएको विरोध प्रदर्शनको फोटो खिचिरहेकी पत्रकार शाहलाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै महासंघले स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई बिनाकारण पक्राउ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य रहेकाे जनाएकाे छ।

प्रहरीबाट भएको यस्ताे कार्यको घोर भत्र्सना गर्दछ भन्दै विज्ञप्तीमा यस्ता घटना नदोहो¥याउन र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ भनिएकाे छ ।