३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात करोड लगानीमा सुविधासम्पन्न रिसोर्ट



अ+ अ-

परासी। पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याउनुभएको हो ।

जिल्लाकै सुविधासम्पन्न मानिएको सो रिसोर्टमा एक हजार व्यक्ति अट्ने एसीसहितको सुविधायुक्त हल निर्माण गरिएको छ ।

यसैगरी एसी बैङ्क्वेट हल, सम्मलेन हलसहित रिभर साइट ओपेन रेष्टुरेण्ट, गार्डेन साइड ओपेन रेष्टुरेण्ट, हिल साइड रेष्टुरेण्ट, ११ वटा एसी डिलक्स कक्ष, सांस्कृतिक घरलगायतका सुविधा रहेको रिसोर्टका प्रबन्धक नवीन्द्र बस्यालले जानकारी दिनुभयो ।

बाह्र कठ्ठा जग्गामा स्थापना गरिएको सो रिसोर्टमा स्विमिङपुल र चाइल्ड स्यालाडिङ पार्क केही दिनमै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

रिसोर्टको विहीबार प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । पछिल्लो समय भूमही क्षेत्रमा होटल तथा रेष्टुरेण्ट स्थापना हुने क्रम बढ्दो छ । रासस