१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ विमानस्थलको निर्माण कार्य रोकिनु पर्छ : संसदीय समिति



अ+ अ-


काठमाडौं । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले डीपीआर विना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाउन नहुने निश्कर्ष निकालेको छ । डीपीआर तयार गरेर मात्रै कानुन अनुसार काम अगाडि बढाई प्रक्रियागत रुपमा जानु पर्नेमा निष्कर्ष समितिका सचिव सुदर्शन कुईंकेलले जोड दिएका हुन् । ।

डीपीआर नै तयार नभइ धेरै चर्चाको विषय बनाइएकाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर तयार गरी टेण्डर प्रक्रियाबाट काम अगाडि बढाउन समितिले सरकारलाई निर्देशन गर्नु पर्नेमा उनको भनाई थियो ।

स्थलगत निरीक्षण गर्न यही मंसिर २४ गते निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणस्थल पुगेको समितिको टोली २५ गते नै काठमाडौं फकिएको थियो । समिति सभापति दिलकुमारी रावल पार्वती भने शुक्रबार मात्रै काठमाडौं आइपुग्ने भएकाले सभापति आइसकेपछि समितिको औपचारिक बैठक बस्ने र स्थलगत निरीक्षणमा पाइएका विषयमा छलफल हुने सचिव कुईंकेलले जानकारी दिए ।

जग्गाधनी पूर्जा नभएका टाँगिया र गोठगाउँमा १५ सय ४५ घरधुरी रहेको र उक्त बस्ती उठाउनुपर्ने र त्यहिँबाट काम सुरु गर्नुपर्ने स्थानीयको माग रहेको समिति सदस्यहरु बताउँछन् । टाँगिया बस्तीका स्थानीयले भने आफूहरुलाई विमानस्थलभन्दा पाँच किलोमिटरको दुरीमा प्रतिपरिवार २ बिघा ५ कठ्ठा जग्गा दिनुपर्ने माग गरेका छन् ।