४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न आयोग तेह्रथुममा

बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न आयोग तेह्रथुममा
अ+ अ-

तेह्रथुम । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तेह्रथुमका पीडितसँग छलफल गरेको छ । आयोगले जिल्लाका पीडित तथा सरोकारवालासँग अन्तक्र्रिया गर्दै उजुरीमाथि विस्तृत अनुसन्धानसमेत गरिरहेको छ ।

बिहीबारदेखि शुरु भएको अनुसन्धानको कामसमेत अन्त्यतिर पुगेको आयोगले जनाएको छ । आयोगमा तेह्रथुमबाट १७ जना बेपत्ता रहेका व्यक्तिका परिवारले उजुरी गरेका थिए । त्यसमध्ये बिहीबार १२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान सकिएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका प्रवक्ता प्राध्यापक डा विष्णु पाठकले बताउनुभयो ।

आयोगमा देशभरबाट तीन हजार १९२ वटा उजुरी परेका छन् । तीमध्ये ८५ प्रतिशत बढी उजुरीमाथि पुसको तेस्रो हप्ताभित्र अनुसन्धान गरिसक्ने प्रवक्ता पाठकले बताउनुभयो ।

तेह्रथुममा ‘पत्रकार कल्याण कोष–२०७५’ स्थापना

नेपाल पत्रकार महासङ्घ तेह्रथुम शाखाले पत्रकारलाई आइपर्ने विपत्तिको घडीमा सहयोग पु¥याउन ‘पत्रकार कल्याण कोष–२०७५’ शुभारम्भ गरेको छ ।

महासङ्घले पत्रकारिता पेशामा रहेका पत्रकारलाई आइपर्ने विपत्तिको सामना गर्न सहयोग पु¥याउने हेतुले कोषको स्थापना गरिएको महासङ्घका अध्यक्ष नरेश ढुङ्गानाले बताउनुभयो ।

कोषको शाखाको ११औँ साधारणसभाको अवसरमा बिहीबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली र म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

कोष स्थापनाकै अवसरमा कोषका लागि करीब रु दुई लाख सङ्कलन भएको छ । कोषमा एक लाख ८४ हजार ८९८ प्राप्त भएको शाखाका अध्यक्ष ढुङ्गानाले बताउनुभयो । कोषका लागि महासङ्घका संस्थापक अध्यक्ष महेन्द्र काफ्लेबाट पाँच हजार ५५५, केन्द्रीय सदस्य उद्धव तिम्सिनाबाट १० हजार ५५५, अध्यक्ष नरेश ढुङ्गानाबाट पाँच हजार ५५५, उपाध्यक्ष भगिश्वर लिम्बूबाट पाँच हजार पाँच, उपाध्यक्ष यशोदा चेम्जोङबाट पाँच हजार पाँच, सचिव प्रकाश धौलाकोटीबाट पाँच हजार ५५५, सहसचिव उमेश नेपालीबाट पाँच हजार ५५५, कोषाध्यक्ष दीपक कट्टेलबाट पाँच हजार ५५५ रुपैयाँ र सदस्य कल्पना लिम्बूबाट पाँच हजार पाँच रुपैयाँ प्राप्त भएको छ । रासस