• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

मेघालयकी सुन्दरीलाई ‘मिस कोच’को उपाधि



भद्रपुर –  झापाको मेचीनगरमा भएको ‘मिस कोच इन्टरनेसनल २०१८’ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले जितेकी छन् ।

झापा मिडिया हाउसको आयोजनामा शनिबार साँझ भएको प्रतियोगितामा सदापले उपाधिसँगै रु एक लाख नगद, होटल मेनेजमेन्ट पढ्ने छात्रवृत्ति र एक थान स्मार्ट फोन पाएकी छन् ।

प्रतियोगितामा फस्ट रनरअप उपाधि भारत पश्चिम बङ्गालकी प्रतिमा सिंह र सेकेन्ड रनरअप उपाधि मेचीनगरकी सोनाली राजवंशीले जितेकी थिइन् । दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ५० हजार र रु २५ हजार नगद प्रदान गरिएको थियो । प्रतियोागितामा झापा, मोरङ तथा भारतको बङ्गाल, मेघालय र आसमका गरी १७ कोच समुदायका युवती सहभागी थिए ।