१४ आश्विन २०८१, सोमबार
,
Latest
अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी आउदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा प्रहरी नै चकित



अ+ अ-

महोत्तरी । उदयपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा प्रहरी नै चकित परेका छन् । महोतरीको बर्दिवास नगरपालिकाबाट प्रहरीले सोमबार बिहान ठूलो परिमाणको लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ।

छुट्टाछुट्टै बसमा लागूऔषध लुकाएर ल्याउँदै गरेका एकजना पक्राउ परेका छन् भने अर्का एकजना भागेका छन्।बा३ख ७४६८ नम्बरको बस नगरपालिकाको वडा नम्बर ३ स्थित इलाका प्रहरी कार्यालय अगाडि चेकजाँचको क्रममा बसमा डाइलकस डीसी नामको लागू औषध ४७ बोत्तल भेटिएको हो।

तर उक्त लागू औषध तस्कर गर्ने व्यक्ति भने भाग्न सफल भएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।बसको छतमा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध बरामद भएको हो।
यता बा५ख १९६८ नम्बरको हाइसबाट १०० बोत्तल डाइलक्स डीसी भेटिएको छ। सँगै नाइट्रोभेक्स नामको २० पाता लागू औषध पनि बरामद भएको छ। यसमा ६३० गोटी छन्।यो लागूऔषध लिएर आएका १८ वर्षीय अमरकुमार शर्मा ठाकुर पक्राउ परेका छन्। प्रहरीले उनी सिरहा जिल्ला विष्णुपुर १ का बासिन्दा भएको जनाएको छ।