२७ मंसिर २०८२, शनिबार
,
Latest
‘दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ’ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र हुदै



अ+ अ-

नेपालगञ्ज । बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले जानकारी दिए ।

नेपालगञ्जको पुरैनादेखि सुइया बघौडासम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने बताइएको छ । योजनाको बजेट सरकारले नियमित उपलब्ध गराउँदै गएमा २०७६ साउनसम्ममा काम सक्ने गरी कालोपत्रे शुरु गरिएको इञ्जिनीयर भण्डारीले बताए । उनले भने “निर्माणाधीन सडकखण्डको ठाउँठाउँमा जग्गा अधिग्रहणसम्बन्धी विवाद समाधान नभएकाले ती स्थानलाई छाड्दै सडक कालोपत्रे गरिनेछ” ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा शिवचोकबाट पुरैनासम्मको सडक ११ मिटर चौडा हुनुपर्नेमा सात मिटरमै बनाउन थालेको भन्दै स्थानीयवासीले अवरोध गरेका छन् ।

सडकमा घर परेका स्थानीयवासी रामनारायण बर्माले आफ्नो घर भत्काउन आलटाल गरेपछि अन्य स्थानीयवासीले भने मापदण्डआनुसारकै सडक संरचना निर्माण हुनुपर्ने माग गरेका हुन् ।

स्थानीय बर्माले आफ्नो घर अगाडिको नाली आफैँ निर्माण गर्न थालेपछि नगर प्रहरीले स्थानीयवासीको आग्रहमा ढलान गरेको नाली भत्काएको छ । सहमतिको आधारमा समाधान गरेर सडक बनाउने उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले बताउनुभयो । रासस